मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

महाराजगञ्जमा पार्किङ गरिएको गाडीमा स्कुटर ठोक्किँदा युवकको ज्यान गयो

Main News Image
Mahir News add

काठमाडौंको महाराजगञ्ज क्षेत्रमा रोकिराखिएको गाडीमा स्कुटर ठोक्किँदा एक युवकको मृत्यु भएको छ। आइतबार राति भएको दुर्घटनामा काभ्रेको पनौती निवासी २० वर्षीय राहुल खत्रीको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सडक किनारामा रोकिएको प्र.३–०१–०२४ च ३६१४ नम्बरको योद्दा गाडीमा बा.प्र.३–०२–००२ प ११६७ नम्बरको स्कुटर ठोक्किएको थियो।

दुर्घटनापछि गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घटनापछि गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

Mahir News add

सम्बन्धित खबर

तिहार सुरु भएसँगै बजारमा बढ्यो चहलपहल

काठमाडौँ । नेपालीहरुको दोस्रो महान चाड तिहार सुरु भएसँगै बजारमा तिहारको लागि किनमेल गर्नेहरुको भिड बढेको छ । आज धनतेरसको दिन विशेष गरी दीपावलीको किनमेलको लागि निक्कै उत्तम मानिन्छ । आजको दिन खरिद गरेका सामग्रीहरू राखेर...

अर्थमन्त्री अनुपस्थित हुँदा प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित

मंगलबार बसेको प्रतिनिधिसभा बैठक अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित...

दक्षिणपूर्वी एसियाबाट ६८७ नेपालीको उद्धार, थप नागरिक अझै जोखिममा

नेपालको मौसम आज बदली

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

उज्यालोको पर्व तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु

काठमाडौँ । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्य...