दक्षिणपूर्वी एसियाबाट ६८७ नेपालीको उद्धार, थप नागरिक अझै जोखिममा
पछिल्लो १० महिनाको अवधिमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूबाट ६८७ जना नेपाली नागरिकको उद्धार गरिएको सरकारले जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकार परराष्ट्र मन्त्रालय ले उक्त जानकारी सार्वजनिक गरेको हो।
मन्त्रालयका
प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री का अनुसार थाइल्यान्ड र म्यानमारस्थित नेपाली
नियोगहरूको पहल तथा सम्बन्धित निकायहरूको समन्वयमा यसअघि ६१६ जनाको उद्धार गरिएको
थियो। पछिल्लो दुई सातामा मात्रै थप ७१ जना नेपालीलाई सुरक्षित रूपमा नेपाल
फर्काइएको उनले बताए।
उद्धार गरिएका
नेपालीमध्ये सबैभन्दा धेरै ५६२ जना कम्बोडियाबाट रहेका छन्। त्यसैगरी म्यानमारबाट
१११, लाओसबाट ८ र थाइल्यान्डबाट ६ जनाको उद्धार
गरिएको मन्त्रालयले जनाएको छ। ती देशहरूमा अझै पनि नेपालीहरू फसेको हुनसक्ने
अनुमान गरिएको छ।
प्रवक्ता पौडेलका
अनुसार कम्बोडिया सरकारले नेपाली राजदूतावास बैंककको अनुरोधमा हालसम्म १०२ जना
नेपालीको जरिबाना मिनाहा गरिसकेको छ भने थप १७२ जनाको जरिबाना छुटका लागि अनुरोध
गरिएको छ।
दक्षिणपूर्वी एसियाका
कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्ड को सीमावर्ती क्षेत्रमा गैरकानुनी रूपमा सञ्चालन भएका
अनलाइन स्क्यामिङ सेन्टरहरूमा नेपालीहरू फस्ने क्रम बढिरहेको भन्दै सरकार उनीहरूको
पहिचान र उद्धारमा सक्रिय रहेको जनाएको छ।
मन्त्रालयका
अनुसार कम्बोडियाका विभिन्न कारागारमा २९ जना नेपाली नागरिक संगठित अपराध, मानव तस्करी तथा यातनासम्बन्धी आरोपमा थुनामा
रहेका छन्। उनीहरूको रिहाइ तथा उद्धारका लागि बैंककस्थित नेपाली दूतावासमार्फत पहल
भइरहेको जानकारी दिइएको छ।
त्यस्तै, म्यानमारमा थुनामा रहेका १८ जना नेपालीको कैद
मिनाहाका लागि पनि प्रयास जारी रहेको र उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराइएको
मन्त्रालयले जनाएको छ। हाल कम्बोडिया र म्यानमारका कारागारमा गरी ४७ जना नेपाली
नागरिक रहेका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
पब्जी खेलेरै ‘किलर वाईटी’ ले परिवारलाई दिएको खुसी
यथार्थ बजेटतर्फ गण्डकी सरकार, आकार घट्दै कार्यान्वयनमा जोड
गण्डकी प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी...
सीमा विवादले उग्र रूप लिँदा चार घाइतेको हेलिकप्टरमार्फत उद्धार
बाजुराको हिमाली गाउँपालिका र हुम्लाको खार्पुनाथ गाउँपालिकाबीच सीमा क्...
विवाद चर्किएपछि एमालेले फिर्ता गर्यो मीनबहादुरको जग्गा प्रस्ताव
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले व्यवसायी मीनबहादुर गुरूङ बाट प्राप्त जग्गा सहयोगको प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने तयारी गरेको छ। सोमबार बसेको सचिवालय...
समृद्ध कर्णालीको लक्ष्यसहित आगामी बजेट ल्याइने : मन्त्री शाह
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहले आग...


