रेसुङ्गा नगरपालिकाको चेतावनी: खुला र असुरक्षित रूपमा खाद्य तथा दुग्धजन्य पदार्थ ढुवानी गरे कारबाही हुने
गुल्मी । रेसुङ्गा नगरपालिकाले खाद्य तथा दुग्धजन्य पदार्थको असुरक्षित ढुवानी रोक्न अत्यन्त जरुरी सूचना जारी गरेको छ। नगरपालिकाले व्यावसायिक प्रयोजनका लागि वधशालादेखि बिक्री स्थलसम्म तथा एक स्थानबाट अर्को स्थानमा मासु, माछा, दूध, दही लगायतका खाद्य तथा दुग्धजन्य पदार्थ खुला रूपमा वा सामान्य प्लास्टिकमा राखी ढुवानी गर्ने कार्य बढेको गुनासो तथा अनुगमनका क्रममा फेला परेको जनाएको छ।
नगरपालिकाका अनुसार यस्तो कार्यले खाद्य स्वच्छता, गुणस्तर तथा जनस्वास्थ्यमा प्रतिकूल असर पार्नुका साथै प्रचलित खाद्य स्वच्छता सम्बन्धी कानुन र मापदण्डको समेत उल्लंघन हुने गरेको छ।
यसलाई नियन्त्रण गर्न नगरपालिकाले अबदेखि खाद्य तथा दुग्धजन्य पदार्थको ढुवानी गर्दा अनिवार्य रूपमा स्वच्छ, सुरक्षित, चुहावट नहुने तथा तोकिएको मापदण्डअनुसारका कन्टेनर, क्रेट, बक्स वा उपयुक्त प्याकेजिङ सामग्री प्रयोग गर्न सबै व्यवसायी, व्यापारी, उत्पादक तथा ढुवानीकर्तालाई निर्देशन दिएको छ।
नगरपालिकाले जारी सूचनाको अवज्ञा गर्दै खुला, असुरक्षित वा अस्वस्थकर तरिकाले खाद्य तथा दुग्धजन्य पदार्थ ओसारपसार गरेको पाइएमा प्रचलित कानुन बमोजिम अनुगमन गरी जरिवाना, वस्तु जफत तथा अन्य कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
नगरपालिकाले खाद्य सुरक्षासम्बन्धी विषयमा सर्वसाधारणलाई समेत सचेत रहन आग्रह गरेको छ। सूचना रेसुङ्गा नगरपालिकाका अधिकृत सातौं सुरेश खनालद्वारा जारी गरिएको हो।
एक्सप्रेस
सम्बन्धित खबर
आज देशभरको मौसम मुख्यतया सफा रहने
काठमाडौ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ । आज राति देशभर...
भारत भ्रमणमा रहेका रवि लामिछानेको आज भाजपा नेतृत्वसँग उच्चस्तरीय राजनीतिक संवाद
काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले आज भारतीय जनता पार्टी (भाजपा)का शीर्ष नेताहरूसँग महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्ने कार्य...
ऐतिहासिक रेकर्डमा सुनको भाउ
काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । शुक्रबारको तुलनामा आइतबार सु...
तुलसीपुरमा दुःखद दुर्घटना : टिप्परको ठक्करबाट बाबुछोराको ज्यान गयो
दाङको तुलसीपुरमा आज बिहान भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएक...
प्युठानका स्थानीय तहमा ७ करोड ७३ लाखभन्दा बढी बेरुजु
स्वास्थ्य मन्त्रालयमा झण्डै २ अर्ब बेरुजु, आर्थिक अनुशासनमा गम्भीर प्रश्न
महालेखापरीक्षकको कार्यालय को ६३औँ वार्षिक प्रतिवेदनले स्वास...


