मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

भारत भ्रमणमा रहेका रवि लामिछानेको आज भाजपा नेतृत्वसँग उच्चस्तरीय राजनीतिक संवाद

Main News Image
Mahir News add

काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले आज भारतीय जनता पार्टी (भाजपा)का शीर्ष नेताहरूसँग महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

रास्वपाका प्रवक्ता मनिष झा का अनुसार नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा हुने छलफलमा भाजपा अध्यक्ष नितिन नबिन सहितका नेताहरू सहभागी हुनेछन्। भेटवार्तामा नेपाल–भारतबीचका लोकतान्त्रिक शक्तिहरूको अनुभव आदानप्रदान, राजनीतिक सम्बन्ध विस्तार तथा आपसी सहकार्यका विविध विषयमा केन्द्रित भएर छलफल हुने बताइएको छ।

सभापति लामिछाने भाजपा अध्यक्ष नबिनको निमन्त्रणामा पाँचदिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली पुगेका हुन्। भ्रमण अवधिमा उनले भारतमा रहेका नेपाली समुदाय, पार्टीका समर्थक तथा शुभेच्छुकहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। साथै, उनले अयोध्या को धार्मिक तथा सांस्कृतिक भ्रमणसमेत गर्नेछन्।

लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं सांसद दीपक बोहरा तथा स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।

यस भ्रमणका क्रममा हुने उच्चस्तरीय भेटघाट तथा अन्य कार्यक्रमलाई व्यवस्थित बनाउन नयाँ दिल्लीस्थित नेपाली दूतावास ले आवश्यक समन्वय गरिरहेको जनाएको छ।

 

Mahir News add

सम्बन्धित खबर

पब्जी खेलेरै ‘किलर वाईटी’ ले परिवारलाई दिएको खुसी

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

जनकपुरको जिरोमाइल फलफूल मण्डी विवादः व्यवसायीको दुई महिनाको मोहलत माग, जग्गाधनीको तत्काल खाली गराउने अडान

जनकपुरधामको जिरोमाइलस्थित फलफूल मण्डीका व्यवसायीहरू बजार खाली गराउने प्रक्रियाविरुद्ध धर्नामा बसेका छन्। आँपको सिजन सुरु भइसकेको अवस्थामा वैकल्पिक व्यवस्थाबिनै तत्काल स्थान छाड्न दबाब दिइएको भन्दै उनीहर...

कात्तिक २ गतेसम्मको बक्यौता नतिरे उद्योगको लाइन काट्ने प्राधिकरणको चेतावनी

नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड फिडर महसुल बापतको अतिरिक्त प्रिमियम शुल्क नतिर्ने उद्योगहरूको लाइन काट्ने भएको छ । प्राधिकरणले बक्यौता नतिर्ने...

ओरालो लागेकाहरुको एकतामा निकास छैन : घनश्याम भुसाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले ओरालो लागेकाहरूको एकताले निकास दिन नसक्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कमजोर र ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्...

भगवान शिव चाम्लिङ हुन सक्छन् : प्रधानमन्त्री ओली

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

मामा–भान्जाबीचको विवाद हिंसात्मक, नरेफाँटमा छुरा प्रहार आरोपमा एक पक्राउ

काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा एक युवामाथि धारिलो हतियार प्रयोग ग...