प्रधानमन्त्रीको अनुपस्थितिमा फेरि संसद अवरुद्ध
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र साह
(बालेन) लाई संसदमा अनिवार्य उपस्थित भई सांसदहरूको जिज्ञासाको उत्तर दिन निर्देशन
दिनुपर्ने माग तीव्र बनेको छ। संसद नियमावलीअनुसार प्रधानमन्त्रीले प्रत्येक
महिनाको पहिलो सातामा कम्तीमा एक दिन संसदमा उपस्थित भएर सांसदहरूले उठाएका
प्रश्नहरूको जवाफ दिनुपर्ने व्यवस्था छ।
तर प्रधानमन्त्री
बालेन हालसम्म संसदमा उपस्थित भएर कुनै सम्बोधन नगरेपछि प्रतिपक्षी दलका
सांसदहरूले उनको उपस्थितिको माग गर्दै लगातार दबाब दिइरहेका छन्।
यसैबीच, सभामुखले पनि नियम कार्यान्वयन गराउँदै प्रधानमन्त्रीलाई
संसदमा बोलाएर जवाफ दिन स्पष्ट रुलिङ नगरेको भन्दै आलोचना भइरहेको छ। यही विषयलाई
लिएर संसद बैठक पटक–पटक अवरुद्ध हुँदै आएको छ।
बिहीबार दिउँसो
बसेको बैठक पनि प्रधानमन्त्री अनुपस्थित भएपछि अघि बढ्न सकेन। कार्यसूचीमा प्रवेश
गर्नासाथ विपक्षी सांसदहरूले उभिएर विरोध जनाए। उनीहरूले प्रधानमन्त्रीलाई
संसदप्रति जिम्मेवार बन्न आग्रह गर्दै सभामुखलाई पनि निरीह भूमिका नदेखाउन चेतावनी
दिएका छन्।
प्रधानमन्त्रीको
अनुपस्थिति र त्यसबारे स्पष्ट पहल नहुँदा संसद बैठक पुनः अवरुद्ध भएको हो।
एक्सप्रेस
सम्बन्धित खबर
भगवान शिव चाम्लिङ हुन सक्छन् : प्रधानमन्त्री ओली
कञ्चनपुरमा विपद् पूर्वतयारी: महाकाली नदीमा सेनाद्वारा ‘अभ्यास मनसुन–६’ सम्पन्न
तिहार सुरु भएसँगै बजारमा बढ्यो चहलपहल
काठमाडौँ । नेपालीहरुको दोस्रो महान चाड तिहार सुरु भएसँगै बजारमा तिहारको लागि किनमेल गर्नेहरुको भिड बढेको छ । आज धनतेरसको दिन विशेष गरी दीपावलीको किनमेलको लागि निक्कै उत्तम मानिन्छ । आजको दिन खरिद गरेका सामग्रीहरू राखेर...
भगवान शिव चाम्लिङ हुन सक्छन् : प्रधानमन्त्री ओली
पशुपतिनाथमा भारतीय गृहमन्त्रीको विशेष भेटी: श्रीयन्त्र पूजाका लागि ४० किलो चन्दन प्रदान
काठमाडौं–
टिकापुर तालिमका क्रममा बेहोस भएका ६ सशस्त्र प्रहरी उपचारका लागि काठमाडौं ल्याइँदै
कैलालीको टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व


