मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

प्रधानमन्त्रीको अनुपस्थितिमा फेरि संसद अवरुद्ध

Main News Image

अडियोमा सुन्नुहोस्

Mahir News add

 सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र साह (बालेन) लाई संसदमा अनिवार्य उपस्थित भई सांसदहरूको जिज्ञासाको उत्तर दिन निर्देशन दिनुपर्ने माग तीव्र बनेको छ। संसद नियमावलीअनुसार प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो सातामा कम्तीमा एक दिन संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुपर्ने व्यवस्था छ।

तर प्रधानमन्त्री बालेन हालसम्म संसदमा उपस्थित भएर कुनै सम्बोधन नगरेपछि प्रतिपक्षी दलका सांसदहरूले उनको उपस्थितिको माग गर्दै लगातार दबाब दिइरहेका छन्।

यसैबीच, सभामुखले पनि नियम कार्यान्वयन गराउँदै प्रधानमन्त्रीलाई संसदमा बोलाएर जवाफ दिन स्पष्ट रुलिङ नगरेको भन्दै आलोचना भइरहेको छ। यही विषयलाई लिएर संसद बैठक पटक–पटक अवरुद्ध हुँदै आएको छ।

बिहीबार दिउँसो बसेको बैठक पनि प्रधानमन्त्री अनुपस्थित भएपछि अघि बढ्न सकेन। कार्यसूचीमा प्रवेश गर्नासाथ विपक्षी सांसदहरूले उभिएर विरोध जनाए। उनीहरूले प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बन्न आग्रह गर्दै सभामुखलाई पनि निरीह भूमिका नदेखाउन चेतावनी दिएका छन्।

प्रधानमन्त्रीको अनुपस्थिति र त्यसबारे स्पष्ट पहल नहुँदा संसद बैठक पुनः अवरुद्ध भएको हो।

 

Mahir News add

सम्बन्धित खबर

होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलोस् - राष्ट्रपति पौडेल

होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलोस् - राष्ट्रपति पौडेलहोलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै...

आजको मौसम कस्तो रहला ? आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने

काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा...

एमालेमा हलचल, तर खुल्न डर

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

सिंहदरबारका अस्थायी चमेना गृह हटाइँदै

काठमाडौं । सिंहदरबार परिसरभित्र अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृह हटाउने प्रक्रिया सुरु गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलपछि संघीय सचिव...

एमालेमा हलचल, तर खुल्न डर

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

रेसुङ्गा–६ मा भीषण आगलागी, सुरक्षाकर्मी र स्थानीयको प्रयासमा ठूलो क्षति टर्‍यो

गुलमी । गुल्मीको रेसुङ्गा नगरपालिका–६ अन्तर्गत छाप र नेटाखर्क क्षेत्रमा भीषण आगलागी भएको छ । आगलागीका कारण स्थानीयवासी त्रसित बनेका थिए भने बस्तीमा क्षति पुग्ने जोखिम बढेको थियो ।

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्मीबाट खटिएको...