भारत भ्रमणमा रहेका रवि लामिछानेको आज भाजपा नेतृत्वसँग उच्चस्तरीय राजनीतिक संवाद
काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले आज भारतीय जनता पार्टी (भाजपा)का शीर्ष नेताहरूसँग महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
रास्वपाका प्रवक्ता
मनिष झा का अनुसार नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा हुने छलफलमा भाजपा अध्यक्ष
नितिन नबिन सहितका नेताहरू सहभागी हुनेछन्। भेटवार्तामा नेपाल–भारतबीचका
लोकतान्त्रिक शक्तिहरूको अनुभव आदानप्रदान,
राजनीतिक
सम्बन्ध विस्तार तथा आपसी सहकार्यका विविध विषयमा केन्द्रित भएर छलफल हुने बताइएको
छ।
सभापति लामिछाने
भाजपा अध्यक्ष नबिनको निमन्त्रणामा पाँचदिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली
पुगेका हुन्। भ्रमण अवधिमा उनले भारतमा रहेका नेपाली समुदाय, पार्टीका समर्थक तथा शुभेच्छुकहरूसँग अन्तरक्रिया गर्ने
कार्यक्रम रहेको छ। साथै, उनले अयोध्या को
धार्मिक तथा सांस्कृतिक भ्रमणसमेत गर्नेछन्।
लामिछाने नेतृत्वको
प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल,
रास्वपाका
सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं सांसद दीपक बोहरा तथा स्वकीय सचिव प्रदीप
आचार्य सहभागी छन्।
यस भ्रमणका क्रममा
हुने उच्चस्तरीय भेटघाट तथा अन्य कार्यक्रमलाई व्यवस्थित बनाउन नयाँ दिल्लीस्थित
नेपाली दूतावास ले आवश्यक समन्वय गरिरहेको जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना भएको छ । एउटा ट्रले बसलाई ठक्कर दिएपछि अन्य गाडीहरु पनि तिनै ट्रक र बसमा ठोक्किएका थिए । दुर्घटना हुँदा बसमा चेपिएका चालकको उद्ध...
शिक्षक सेवा आयोगको लिखित परीक्षा केन्द्र परिवर्तन
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी खुला प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र प...
यथार्थ बजेटतर्फ गण्डकी सरकार, आकार घट्दै कार्यान्वयनमा जोड
गण्डकी प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी...
दक्षिण एसियामा वन क्षेत्रको उपलब्धतामा नेपाल दोस्रो, बढ्दै छ हरियाली
दुर्गा प्रसाईंको दाबी __ फागुन २१ मा निर्वाचन हुँदैन
काठमाडौँ । विवादित व्यवसायी दुर्गा प्रसाईंले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन नहुने दाबी गरे । शनिवार एक कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारमा रहेकाहरूको पनि भ्रष्टाचारी जात एउटै रहेको टिप्पणी...


