महाराजगञ्जमा पार्किङ गरिएको गाडीमा स्कुटर ठोक्किँदा युवकको ज्यान गयो
काठमाडौंको महाराजगञ्ज क्षेत्रमा रोकिराखिएको गाडीमा स्कुटर ठोक्किँदा एक युवकको मृत्यु भएको छ। आइतबार राति भएको दुर्घटनामा काभ्रेको पनौती निवासी २० वर्षीय राहुल खत्रीको ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार
सडक किनारामा रोकिएको प्र.३–०१–०२४ च ३६१४ नम्बरको योद्दा गाडीमा बा.प्र.३–०२–००२
प ११६७ नम्बरको स्कुटर ठोक्किएको थियो।
दुर्घटनापछि
गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घटनापछि गाडी
चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
प्युठानका स्थानीय तहमा ७ करोड ७३ लाखभन्दा बढी बेरुजु
आजको मौसम कस्तो रहला ? आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने
काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा...
पाँच एसएसपी डीआईजी बढुवा : सीआईबीमा भुपेन्द्र खत्री
काठमाडौँ । सरकारले पाँच जना डीआईजी बढुवा गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेका हुन् । एक सातापहिले नै उनीहरु बढुवाका लागि सिफारि...
आजदेखि सरकारी कार्यालय समय घट्दै !
मिडियाबाजी डटकम काठमाडौँ, कात्तिक १६। सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को लागि निर्धारण गरेको कार्यालय समय अनुसार आजदेखि कार्यालय समय १ घण्टा घट्ने भएको छ ।
सगरमाथा आधार शिविरबाट चमत्कारिक उद्धार : एक सातापछि जीवितै भेटिए दावा शेर्पा
काठमाडौं — सगरमाथा आधार शिविर नजिकको खुम्बु आइसफल क्षेत्रमा एक सातादे...
विषादी मिसिएको पानीले कुलेखानीमा घट्यो माछा उत्पादन
हेटौंडा । मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय ९इन्द्रसरोवर० मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ । मत्स्यविकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार ताल वरपरका गाउँमा हुने व्यावसायिक तरकारीखेतीमा प्रयोग गर...


