दोस्रो चरणअघि नै टुंगियो प्रतिस्पर्धा : शालिकराम घिमिरे बने रास्वपा लुम्बिनी प्रदेश सभापति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्। छ जनाबीच भएको प्रतिस्पर्धामा उनले पहिलो चरणमै सर्वाधिक १९९ मत प्राप्त गरेका थिए।
पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले आवश्यक ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि शालिकराम घिमिरे र उनका निकटतम प्रतिद्वन्द्वी गोपाल घिमिरेबीच दोस्रो चरणको मतदान हुने तयारी गरिएको थियो। गोपालले पहिलो चरणमा ८७ मत प्राप्त गरेका थिए।
तर दोस्रो चरणको मतदान सुरु हुनुअघि नै गोपाल घिमिरेले शालिकरामलाई समर्थन गर्ने घोषणा गरेपछि प्रतिस्पर्धा समाप्त भएको थियो। त्यससँगै शालिकराम घिमिरे लुम्बिनी प्रदेश सभापतिमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिएका छन्।
पहिलो चरणको मतपरिणामअनुसार रुपन्देहीका गणेश पौडेलले ८४, बाँकेका डा. राजकुमार सुवेदीले ८०, रुपन्देहीकी मञ्जु भुसालले ७१ तथा रुपन्देहीका मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए।
गएराति सम्पन्न मतदानमा कुल ५५२ मत खसेको थियो। गोपाल घिमिरेको समर्थनपछि दोस्रो चरणको मतदान आवश्यक नपरेको र सहमतिमै नेतृत्व चयन भएको हो।
एक्सप्रेस
सम्बन्धित खबर
निर्वाचन भयरहित गराउन सशस्त्रले बनायो परिचालन नीति
काठमाडौँ । सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन परिचालन नीति तर्जुमा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरी बलले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सुरक्षा...
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । असल शासन र समु...
दुर्गा प्रसाईं पक्राउको विरोधमा आजैदेखि सडक संघर्ष गर्ने नागरिक बचाउ दलको घोषणा
काठमाडौँ । विवादित मेडिकल व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईं पक्राउको बिरोधमा उनको संरक्षकत्वमा रहेको नागरिक बचाउ दलले आजैदेखि सड्क संघर्ष गर्ने घोषणा गरेको छ । सोमबार मात्र पत्रक...
निर्वाचनका लागि दलहरूको आकर्षण, दर्ता भए यी ८० दल
काठमाडौँ । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले मंगलबार साँझसम्म ८० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरा...
निर्वाचन सार्ने प्रयास भए देशमा दुर्घटना हुन्छ : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि तर्क वा बाहनामा निर्वाचन सार्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् । बागमती प्रदेश कमिटीले काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले भन...
नेपालीको आत्मनिर्णयको अधिकारमाथि चुनौति दिने तत्वसँग लड्न कम्युनिष्ट एकता : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि चुनौति दिने विदेशीतत्वसँग लड्न कम्युनिष्ट एकता गरिएको बताएका छन् । शनिबार दाङको देउखुरीमा आयोजित एकता सन...



