अमरसिंह चोकका अवैध टहरा हटाइयो, महानगरद्वारा डोजर परिचालन
पाेखरा । लामो समयदेखि विवादमा रहेको पोखराको अमरसिंह चोक क्षेत्रका सटर तथा टहराहरू अन्ततः हटाइएका छन् । पोखरा महानगरपालिकाले मङ्गलवार बिहान पृथ्वी राजमार्ग आसपास निर्माण गरिएका ५१ वटा टहरामा डोजर चलाएर संरचना हटाएको हो ।
अतिक्रमण गरेर
बनाइएका संरचना हटाइएपछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उक्त क्षेत्रको
स्थलगत अनुगमन समेत गरेका छन् ।
पोखरा
महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सन्तोष बास्तोलाका अनुसार अमरसिंह
माध्यमिक विद्यालयको भोगाधिकारभित्र पर्ने उक्त जग्गामा २०३८ सालदेखि टहरा निर्माण
गरी व्यावसायिक प्रयोजनका लागि भाडामा दिइँदै आएको थियो । संरचना हटाउने विषयमा
लामो समयदेखि प्रयास भइरहे पनि यसपटक व्यवसायी, विद्यालय र वडा कार्यालयबीच भएको समन्वय तथा सहमतिपछि प्रक्रिया अघि बढाइएको
उनले बताए ।
डोजर परिचालन
गर्नुअघि महानगरपालिकाले सोमवार सर्वपक्षीय बैठक आयोजना गरेको थियो । बैठकमा
सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।
सहभागीहरूले राजमार्ग क्षेत्र मिचेर निर्माण गरिएका अनधिकृत संरचनाहरू तत्काल
हटाउनुपर्ने धारणा राखेका थिए । सोही निष्कर्ष र सहमतिका आधारमा मङ्गलवार
बिहानदेखि डोजर परिचालन गरिएको महानगरले जनाएको छ ।
महानगरले कारबाही
अघि बढाउनुअघि नै अधिकांश व्यवसायीहरूले आफ्ना पसल तथा सटर खाली गरिसकेका थिए ।
केही व्यवसायीहरूले टहरा आफैँ भत्काएर त्यहाँ रहेका सामग्री तथा संरचना सुरक्षित
रूपमा अन्यत्र सारेका थिए ।
व्यवसायीहरूको
सहयोगपछि अहिले महानगरपालिकाको टोलीले बाँकी भग्नावशेष हटाउने तथा जमिन सम्याउने
काम गरिरहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
भगवान शिव चाम्लिङ हुन सक्छन् : प्रधानमन्त्री ओली
अनिश्चित विश्व अर्थतन्त्रबीच नेपालमा ३.८५ प्रतिशत आर्थिक वृद्धि अनुमान
काठमाडौं । विश्व अर्थतन्त्र सुस्त बन्दै गएको र विभिन्न क्षेत्रीय द्वन...
एमालेमा हलचल, तर खुल्न डर
गुल्मीमा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण प्रक्रिया सुस्त
ऐतिहासिक रेकर्डमा सुनको भाउ
काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । शुक्रबारको तुलनामा आइतबार सु...


