बेलायतमा नेपाली विद्यार्थी सुतेकै अवस्थामा मृत फेला
काठमाण्डौँ । लन्डनमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । सल्यानको भल्चौर ७ का योमन चन्दको मंगलबार बिहान ९ः३० बजे लन्डन एजवेयरमा निधन भएको हो । एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका योमनको सुतेकै अवस्थामा ज्यान गएको उनीसँगै बस्ने मनोज कुँवरले जानकारी दिए । युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स् एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनका लागि आएका २६ वर्षीय चन्दले आफ्नो पढाइ उत्तीर्ण गरेर भोलिपल्ट सर्टिफिकेट लिँदै थिए ।
अघिल्लो दिन योमनले ‘अलि अलि बिरामी छु, टाउको दुखेको छ र भमिट पनि भयो’ भनेको मनोजले बताए । अकस्मात भएको साथीको निधनले मनोज विक्षिप्त बनेका छन् । उनका अनुसार योमनलाई स्वास्थ्य समस्या थिएन । मनोजको भनाइ अनुसार राति १२ बजेतिर खाना खाएर सुतेका उनीहरू बिहान ७ः४० को अलार्म बजेपछि मनोज उठे । तर, ८ बजे शुरु हुने कामका लागि ७ बजे नै निस्कने योमन उठेका थिएनन् ।
काममा जान ढिला भइसकेकाले मनोजले हात समाएर ‘योमन, उठ् काममा जान ढिला भयो’ भने, साथी बोलेन । मनोजले उनको हात चिसो रहेको महसुस गरे । ७ः५० बजेसम्म पनि शरीरले कुनै प्रतिक्रिया नदिएको, श्वासप्रश्वास चाल पनि नभएको पाएपछि उनले तुरुन्त उनले एम्बुलेन्सलाई फोन गरे । उनलाई मंगलबार बिहान ९ः३० बजे स्वास्थ्यकर्मीले मृत घोषणा गरे । एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले परिवार, विश्वविद्यालय र उनका साथीहरुसँग सल्लाह गरी अन्त्येष्टीको प्रबन्ध गरिने बताएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
काफल बेच्ने महिलामाथि नगर प्रहरीको व्यवहारप्रति आक्रोश
सुर्खेत । वीरेन्द्रनगरमा काफल बेच्दै हिँडेकी एक महिलासँग नगर प्रहरीले गरेको व्यवहारलाई लिएर सामाजिक सञ्जालदेखि सार्वजनिक वृत्तसम्म तीव्र आलोचना भइरहेको छ।
<...गुल्मीमा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण प्रक्रिया सुस्त
दक्षिणपूर्वी एसियाबाट ६८७ नेपालीको उद्धार, थप नागरिक अझै जोखिममा
अर्थमन्त्री अनुपस्थित हुँदा प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित
मंगलबार बसेको प्रतिनिधिसभा बैठक अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित...
शिक्षक सेवा आयोगको लिखित परीक्षा केन्द्र परिवर्तन
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी खुला प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र प...
रिट दर्ता अवरोधको विरोधमा नेपाल बारको प्रदर्शन, दिउँसै लालटिन बाल्ने निर्णय
काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा निवेदन दर्ता गर्न अस्वीकार गरेको भन्दै विरोध कार्यक्रम घोषणा गरेको छ । बारले न्याय, विवेक र स्वच्छ प्रक्रियाको पक्षमा आज दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने...


