स्वास्थ्य मन्त्रालयमा झण्डै २ अर्ब बेरुजु, आर्थिक अनुशासनमा गम्भीर प्रश्न
महालेखापरीक्षकको कार्यालय को ६३औँ वार्षिक प्रतिवेदनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र मातहतका निकायहरूमा झण्डै २ अर्ब रुपैयाँ बेरुजु रहेको तथ्य सार्वजनिक गरेको छ। आर्थिक अनुशासनको कमजोरी, अनियमित खर्च, योजना विपरीत खरिद तथा कमजोर व्यवस्थापनका कारण स्वास्थ्य क्षेत्रमा ठूलो वित्तीय अनियमितता देखिएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार
मन्त्रालय अन्तर्गतका सरकारी कार्यालय, समिति, प्रतिष्ठान तथा अन्य संस्थाहरूमा बिना
योजना खरिद, प्रयोगविहीन उपकरण, म्याद सकिएका औषधि तथा अडिट नभएका विदेशी सहायता
कार्यक्रमजस्ता गम्भीर समस्या फेला परेका छन्।
मन्त्रालय मातहतका
१५ सरकारी कार्यालयमा प्रारम्भिक रूपमा ५२ करोड ९६ लाख ६० हजार रुपैयाँ बेरुजु
देखिएको थियो। त्यसमध्ये ५४ लाख १० हजार रुपैयाँ मात्रै संपरीक्षण भई हाल ५२ करोड
४२ लाख ५० हजार रुपैयाँ बेरुजु कायम रहेको जनाइएको छ। यसमध्ये २१ करोड ४५ लाख ६
हजार रुपैयाँ म्याद नाघेको पेस्की रहेको प्रतिवेदनमा उल्लेख छ।
यस्तै, मन्त्रालय अन्तर्गतका २९ संस्था तथा समितिहरूमा १ अर्ब ७०
करोड ५९ लाख ५ हजार रुपैयाँ बेरुजु देखिएकोमा २४ करोड ४ लाख ४ हजार रुपैयाँ संपरीक्षणपछि
हाल १ अर्ब ४६ करोड ५५ लाख १ हजार रुपैयाँ बेरुजु बाँकी रहेको छ। ती निकायहरूमा १७
करोड ६६ लाख ४३ हजार रुपैयाँ म्याद नाघेको पेस्की अझै फर्छ्योट हुन सकेको छैन।
सरकारी कार्यालय
तथा अन्य संस्थाहरू गरी कुल ३९ करोड ११ लाख ४९ हजार रुपैयाँ बराबरको म्याद नाघेको
पेस्की रहेको देखिएको छ। प्रतिवेदनले समयमै पेस्की फर्छ्योट नगर्ने प्रवृत्तिले
स्वास्थ्य क्षेत्रको वित्तीय सुशासन र जवाफदेहितामाथि गम्भीर असर परेको औँल्याएको
छ।
प्रतिवेदनमा दिगो
विकास लक्ष्य तथा आवधिक योजनाअनुसार स्वास्थ्य सूचक सुधारमा पनि मन्त्रालय अपेक्षाकृत
कमजोर देखिएको उल्लेख गरिएको छ।
स्वास्थ्यजस्तो
संवेदनशील क्षेत्रमा बढ्दो बेरुजु, कमजोर अनुगमन, मापदण्डविहीन खरिद प्रक्रिया तथा वित्तीय
अव्यवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै महालेखाले तत्काल सुधारात्मक कदम चाल्न
सरकारलाई सुझाव दिएको छ।
यस्तै, मन्त्रालय
अन्तर्गतका २९ संस्था तथा समितिहरूमा १ अर्ब ७० करोड ५९ लाख ५ हजार रुपैयाँ बेरुजु
देखिएकोमा २४ करोड ४ लाख ४ हजार रुपैयाँ संपरीक्षणपछि हाल १ अर्ब ४६ करोड ५५ लाख १
हजार रुपैयाँ बेरुजु बाँकी रहेको छ। ती निकायहरूमा १७ करोड ६६ लाख ४३ हजार रुपैयाँ
म्याद नाघेको पेस्की अझै फर्छ्योट हुन सकेको छैन।
सरकारी कार्यालय तथा अन्य संस्थाहरू गरी कुल ३९ करोड ११ लाख ४९ हजार रुपैयाँ
बराबरको म्याद नाघेको पेस्की रहेको देखिएको छ। प्रतिवेदनले समयमै पेस्की फर्छ्योट
नगर्ने प्रवृत्तिले स्वास्थ्य क्षेत्रको वित्तीय सुशासन र जवाफदेहितामाथि गम्भीर
असर परेको औँल्याएको छ।
प्रतिवेदनमा दिगो विकास लक्ष्य तथा आवधिक योजनाअनुसार स्वास्थ्य सूचक सुधारमा
पनि मन्त्रालय अपेक्षाकृत कमजोर देखिएको उल्लेख गरिएको छ।
स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बढ्दो बेरुजु, कमजोर अनुगमन, मापदण्डविहीन खरिद प्रक्रिया तथा वित्तीय अव्यवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै महालेखाले तत्काल सुधारात्मक कदम चाल्न सरकारलाई सुझाव दिएको
एक्सप्रेस
सम्बन्धित खबर
विषादी मिसिएको पानीले कुलेखानीमा घट्यो माछा उत्पादन
हेटौंडा । मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय ९इन्द्रसरोवर० मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ । मत्स्यविकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार ताल वरपरका गाउँमा हुने व्यावसायिक तरकारीखेतीमा प्रयोग गर...
गुल्मीमा भीषण हावाहुरीको कहर : सयौँ परिवार प्रभावित, संसदमा सांसद पन्थीको ध्यानाकर्षण
गुल्मी जिल्लाको मालिका गाउँपालिका मा गएराति आएको आकस्मिक हावाहुरीसहितको वर्षाले ठूलो जनधनको क्षति पुर्याएको छ। राति करिब ८ बजेदेखि ९ बजेको...
सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी
कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौँ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, मधेश...
आजदेखि देशभर मौसम बदली, धेरै क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । देशका विभिन्न
उज्यालोको पर्व तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु
काठमाडौँ । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्य...


