सुन बजारमा ठूलो पहिरो: एकैदिन तोलामा साढे ५ हजारले घट्यो मूल्य
काठमाडौं- लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा बिहीबार एकैदिन ठूलो गिरावट आएको छ। नेपाली बजारमा सुन एकैदिन तोलामा ५ हजार ५०० रुपैयाँले घटेको हो।
नेपाल
सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख
८५ हजार रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५००
रुपैयाँमा कारोबार भएको थियो।
केही
समयअघि प्रतितोला ३ लाख ४० हजार रुपैयाँसम्म पुगेर उच्च रेकर्ड कायम गरेको सुनको
भाउ पछिल्लो समय भने निरन्तर घट्दो क्रममा छ। लगातारको गिरावटसँगै सुन अहिले २ लाख
८५ हजारको बिन्दुमा झरेको हो। सुनको भाउ घट्दा बजारमा खरिदकर्तालाई भने केही राहत
मिलेको छ।
सुनसँगै
चाँदीको भाउ पनि ओरालो लागेको छ। महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ४ हजार
८६५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा २१५
रुपैयाँले घटेको हो।
एक्सप्रेस
सम्बन्धित खबर
सिन्धु विकास बैंकको नेतृत्वमा गणेश केसी
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेड ले बैंकको प्रमुख कार्यकारी अधिकृ...
रुद्रबिनायक सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ, ९२ लाख हिनामिनाको आरोप
काठमाडौँको कालीमाटीस्थित रुद्रबिनायक सहकारी संस्थामा रकम अपचलन भएको आरोपमा प्रहरीले संस्थाकी अध्यक्ष र कोषाध्यक्षलाई पक्राउ गरेको छ।
<...मर्मतपश्चात् अप्पर माई जलविद्युत आयोजनाबाट पुनः उत्पादन सुरु
सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी
काठमाडौं महानगरको आगामी वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, बजेट असार ४ गते आउने
काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।
सोमबार सम्पन्न नगरसभाको १९औँ अधिवेशनले महानगरको नीति तथा कार्यक्रम अनुमोदन गरेको हो। यसअघि आइतबार बसेको बैठकमा कार्यवाहक प्र...



