मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

रुद्रबिनायक सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ, ९२ लाख हिनामिनाको आरोप

Main News Image
Mahir News add

काठमाडौँको कालीमाटीस्थित रुद्रबिनायक सहकारी संस्थामा रकम अपचलन भएको आरोपमा प्रहरीले संस्थाकी अध्यक्ष र कोषाध्यक्षलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ४० वर्षीया अध्यक्ष शिला श्रेष्ठ र ३५ वर्षीया कोषाध्यक्ष खिलमाया रिजाल रहेका छन्। उनीहरूमाथि सहकारीको करिब ९२ लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार बचतकर्ताहरूले दिएको उजुरीका आधारमा सोमबार दुवै जनालाई नियन्त्रणमा लिइएको हो। हाल उनीहरूलाई प्रहरी वृत्त कालीमाटीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

प्रहरीले सहकारीमा जम्मा गरिएको बचतकर्ताको रकमको अवस्थाबारे पनि विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

Mahir News add

सम्बन्धित खबर

प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफल असार १–२ मा, मन्त्रीहरूको जवाफ असार ३–४ गते

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल आगामी असार १ र २ गते सञ्चालन हुने भएको छ। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले असार ३ र ४ गते दिने कार्यतालिका तय गरिएको छ।

स्पेन प्रकरण छानबिन गर्न गृह मन्त्रालयमा बस्दैछ आईजीपी, अध्यागमन, सीआईबी र मानव बेचबिखन ब्युरो प्रमुखको बैठक

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

बजेटअघि बैंकर्स संघको सरकारलाई दबाब : कर कटौतीदेखि नीतिगत सुधारसम्मका माग

काठमाडौं महानगरको आगामी वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, बजेट असार ४ गते आउने

 काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।
सोमबार सम्पन्न नगरसभाको १९औँ अधिवेशनले महानगरको नीति तथा कार्यक्रम अनुमोदन गरेको हो। यसअघि आइतबार बसेको बैठकमा कार्यवाहक प्र...