मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गरिने

Main News Image
Mahir News add

काडमाडौँ । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ । सरकार बायोडिजेल कार्यक्रमलाई तीव्रगतिमा विस्तार गर्दैछ र घरेलु तेल प्रशोधन क्षमतामा वृद्धि गरिरहेको छ, जसले विदेशी इन्धनमा निर्भरता कम गर्नेछ ।

देशभर लागू गरिने नयाँ ‘बी(५० बायोडिजेल’ मिश्रण यस योजनाको मुख्य आधार हो र सन् २०२६ देखि यसको प्रयोग सुरु हुने लक्ष्य राखिएको छ । ऊर्जा तथा खनिज स्रोत मन्त्री बाहलिल लाहादालियाका अनुसार, बी(५० कार्यक्रम र तेल शोधन गृहको क्षमता वृद्धिले इन्डोनेसियालाई डिजेल आयात रोक्ने अवस्थामा पुर्‍याउनेछ ।

बलिकपापन शोधन गृह विस्तारपछि यसको दैनिक प्रशोधन क्षमता ३६० हजार ब्यारेल पुग्नेछ, जसले घरेलु उत्पादन बढाएर डिजेल आयातमा दीर्घकालीन कमी ल्याउने अपेक्षा गरिएको छ । इन्डोनेसिया लामो समयदेखि यातायात, औद्योगिक कार्य र विद्युत् उत्पादनका लागि आयातित डिजेलमा निर्भर थियो। तर बढ्दो विश्व बजार मूल्य र आयात खर्चका कारण सरकारले घरेलु विकल्प विकासमा जोड दिएको छ । पाम तेलबाट तयार हुने बायोडिजेलले किसानको आय बढाउन, उद्योग विस्तार गर्न र ऊर्जा मिश्रणलाई विविधिकरण गर्न महत्त्वपूर्ण योगदान दिएको छ ।

Mahir News add

सम्बन्धित खबर

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । यस्तै युरोपियन...

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य घटेको छ । शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २२ पैसा र बिक्रीदर १४० रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ...

सुनको मूल्यमा गिरावट, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ । सुन आज तोलामा तीन हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको छ । य...

उत्तरदक्षिण जोड्ने सडकमा आठ अर्ब खर्च, कोरलासम्म कालोपत्रको लक्ष्य

काठमाडौँ। यहाँको उत्तरदक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर ९बेनी–जोमसोम–कोरला० सडकमा रु आठ अर्ब २० करोड खर्च भएको छ। आव २०८१र८२ सम्म आयोजनाको प्रस्तावित लागत अनुमान रु १० अर्ब ५...

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।

तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो

धरान । तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र होइन, व्यापारीको परिश्रमले पनि जीवन्त बनेको छ । बिहानैदेखि सुरु हुने बजारको चहलपहल साँझसम्म निरन्तर देखिन्छ । धरान उपमहानगरपालिका(२ का बिक्की दास बिहान ५ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म...