मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफल असार १–२ मा, मन्त्रीहरूको जवाफ असार ३–४ गते

Main News Image
Mahir News add

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल आगामी असार १ र २ गते सञ्चालन हुने भएको छ। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले असार ३ र ४ गते दिने कार्यतालिका तय गरिएको छ।

सङ्घीय संसद् सचिवालयका अनुसार असार १ गते युवा, श्रम तथा रोजगार; उद्योग, वाणिज्य तथा आपूर्ति; कृषि, वन तथा वातावरण; सूचना तथा सञ्चार; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; शिक्षा तथा खेलकुद; स्वास्थ्य तथा खाद्य स्वच्छता; भूमि व्यवस्था तथा सहकारी; सङ्घीय मामिला तथा सामान्य प्रशासन; तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल हुनेछ।

यस्तै असार २ गते विज्ञान, प्रविधि तथा नवप्रवर्तन; कानुन, न्याय तथा संसदीय मामिला; पूर्वाधार विकास; गृह; ऊर्जा, जलस्रोत तथा सिँचाइ; परराष्ट्र; अर्थ तथा रक्षा मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विनियोजन शीर्षकमा छलफल हुने कार्यक्रम छ।

छलफलपछि असार ३ गते पहिलो दिनमा छलफल भएका मन्त्रालयहरूसम्बन्धी प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्। त्यसैगरी असार ४ गते दोस्रो दिनका मन्त्रालय तथा निकायहरूमाथि उठेका जिज्ञासाको सम्बोधन सम्बन्धित मन्त्रीहरूले गर्नेछन्।

उल्लेखनीय छ, सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संसद्मा प्रस्तुत गरेको थियो। बजेटमाथिको सामान्य छलफल प्रतिनिधिसभामा यसअघि नै सम्पन्न भइसकेको छ भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले त्यस क्रममा उठेका प्रश्नको जवाफ पनि दिइसकेका छन्।

Mahir News add

सम्बन्धित खबर

मर्मतपश्चात् अप्पर माई जलविद्युत आयोजनाबाट पुनः उत्पादन सुरु

सामाजिक सुरक्षा भत्तामा राज्यको भार थपिँदै: १० वर्षमा खर्च झण्डै ६ गुणाले वृद्धि

काठमाडौं-

रुद्रबिनायक सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ, ९२ लाख हिनामिनाको आरोप

काठमाडौँको कालीमाटीस्थित रुद्रबिनायक सहकारी संस्थामा रकम अपचलन भएको आरोपमा प्रहरीले संस्थाकी अध्यक्ष र कोषाध्यक्षलाई पक्राउ गरेको छ।

<...

स्पेन प्रकरण छानबिन गर्न गृह मन्त्रालयमा बस्दैछ आईजीपी, अध्यागमन, सीआईबी र मानव बेचबिखन ब्युरो प्रमुखको बैठक

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

सिन्धु विकास बैंकको नेतृत्वमा गणेश केसी

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेड ले बैंकको प्रमुख कार्यकारी अधिकृ...

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...