दल परिवर्तन गरेपछि कांग्रेसका दुई वडा अध्यक्ष पदमुक्त
काठमाडौं — नेपाली कांग्रेसबाट निर्वाचित दुई जना वडा अध्यक्षको पद रिक्त भएको छ। निर्वाचन आयोग ले बिहीबार सूचना जारी गर्दै दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेका कारण उनीहरूको पद स्वतः रिक्त भएको जनाएको हो।
आयोगका अनुसार
नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिबाट प्राप्त निर्णयको प्रतिलिपिका
आधारमा पद रिक्त भएको घोषणा गरिएको हो। यो निर्णय राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५(१) तथा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार गरिएको आयोगले उल्लेख गरेको छ।
पद गुमाउनेमा
मुसिकोट नगरपालिका वडा नं. २ का वडा अध्यक्ष रविन्द्र केसी र धुर्कोट गाउँपालिका
वडा नं. ३ का वडा अध्यक्ष पदम रहेका छन्। उनीहरूले कांग्रेस परित्याग
गरी अन्य दल रोजेपछि कानुनी व्यवस्था अनुसार पद स्वतः रिक्त भएको आयोगले स्पष्ट
पारेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
नेकपा एमालेको संसदीय दलको बैठक बस्दै
काठमाडौँ । आज नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ । बैठक विघटित प्रतिनिधिसभाका सांसदहरूसहित मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । विकसित असामान्य र जटिल परिस्थिति तथा यसको लोक...
वडा-वडामा मतदाता दर्ता अभियानमा सक्रिय हुन कांग्रेस महामन्त्रीद्वयको निर्देशन
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका मातहतका सबै संगठनलाई मतदाता नामावली अद्यावधिकमा सक्रिय हुन निर्देशन दिएका छन् । निर्वाचन आयोगले आगामी कात्तिक ३० गतेसम्म नयाँ मतदाता द...
कांग्रेसले छोड्यो पुस्तान्तरणको बाटो, आगामी चुनाबको टिकट देउवाले नै बाँड्ने
काठमाडौँ । जेनजी विद्रोहपछि पुराना दलहरुमा पुस्तान्तरणको बहस चर्किंदा नेतृत्व हस्तान्तरणका लागि ‘लचिलो’ देखिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समय बित्दै जाँदा शक्ति हस्तान्तरण गर्न अनिच्छुक देखिए...
समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ । आयोगले आज सूचना प्रकाशन गरी उक्त प्रणालीतर्फ...
मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त
काठमाडौँ । मधेश प्रदेश सभाका ५ जना सदस्य पदमुक्त भएका छन् । प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेको भन्दै सभामुख रामचन्द्र मण्डलले ५ जनालाई प्रदेश सभा सदस्यबाट पद मुक्त गरेका हुन् ।
भारतीय कम्पनीसँग गरिएको सम्झौतामा कुनै व्यक्तिगत स्वार्थ छैन : कुलमान
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौताबारे भ्रम फैलाइएको गुनासो गरेका छन्। उनले ‘हिउँदयामको विद्युत् व्यवस्थापनका लागि’ यस्तो सम्झौता भएको बताएका छ...



