कालिकोट र प्यूठानमा भेटिएका शंकास्पद वस्तु सेनाद्वारा सुरक्षित रूपमा निष्क्रिय
कालिकोट र प्यूठान जिल्लाका दुई फरक स्थानमा फेला परेका शंकास्पद वस्तुहरूलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा निष्क्रिय गरेको छ।
नेपाली सेनाको
जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नागरिकको सुरक्षालाई प्राथमिकतामा
राख्दै दुवै स्थानमा विशेष टोली परिचालन गरिएको थियो। प्राप्त सूचनापछि घटनास्थल
पुगेको सेनाको टोलीले आवश्यक सुरक्षा सतर्कता अपनाएर शंकास्पद वस्तुहरू डिस्पोज
गरेको जनाएको छ।
कालिकोटको खाँडाचक्र
नगरपालिका–१, मान्ममा एक स्थानीयको बारीमा शंकास्पद
वस्तु देखिएपछि त्यसबारे सुरक्षा निकायलाई खबर गरिएको थियो। सूचना प्राप्त हुनासाथ
पुगेको सेनाको टोलीले वस्तुलाई सुरक्षित रूपमा निष्क्रिय बनाएको हो।
यस्तै, प्यूठानको नौबहिनी गाउँपालिका–६, लुङस्थित
एक स्थानीयको घरमा पनि अर्को शंकास्पद वस्तु फेला परेको थियो। उक्त वस्तुलाई समेत
कुनै मानवीय वा भौतिक क्षति हुन नदिई सेनाले सुरक्षित रूपमा व्यवस्थापन गरेको
जनाएको छ।
शंकास्पद वस्तु फेला
परेपछि दुवै क्षेत्रमा स्थानीयबासीहरूमा केही समय त्रासको अवस्था सिर्जना भएको
थियो। सेनाको सक्रियतापछि अवस्था सामान्य बनेको बताइएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
आज देशभरको मौसम मुख्यतया सफा रहने
काठमाडौ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ । आज राति देशभर...
मालपोत कार्यालय भैरहवाका नासु विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवामा कार्यरत न...
पेट्रोलको मूल्य घट्यो, प्रतिलिटर मूल्य कति ?
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु २ घटाएको हो। डिजेल, मट्टितेलको मूल्य भने यथावत रहेको छ । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट...
गृहमन्त्री अर्यालद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा सहभागी आन्दोलनकारीहरुले राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड आगजनी गरेका थिए...
गुल्मीमा दुःखद् दिन : सर्पदंशबाट महिला घाइते, खोलामा डुबेर बालकको मृत्यु
गुल्मी । गुल्मीमा आइतबार भएका दुई छुट्टाछुट्टै घटनामा एक महिला सर्पदंशबाट घाइते भएकी छन् भने एक बालकको खोलामा डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार धुर्कोट गाउँपालिका–१ नयाँगाउँ निवासी २५...
बालेन शाह प्रकरणले संसद अवरुद्ध, सभामुख प्रधानमन्त्रीसँग छलफलमा
बालेन्द्र शाह सम्बन्धी विषयलाई लिएर विपक्षी दलहरूले लगातार प्रतिनिधिस...



