सुदूरपश्चिम अपराजित रहँदै प्लेअफमा, जनकपुर अंकविहीन
काठमाडौँ । सुदूरपश्चिम रोयल्स अपराजित रहँदै नेपाल प्रिमियर लिग एनपीएल टी २० क्रिकेटको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराउँदै प्लेअफमा पुगेको हो । १४६ रनको चुनौती सुदूरले १७ ओभर ४ बलमै ४ विकेट गुमाएर पूरा गरेको हो । इशान पाण्डेले ३५ बलमा ५६, विनोद भण्डारीले ४९ बलमा ४२ तथा हर्मित सिंहले १० बलमा अविजित रहँदै २५ रन बनाए ।
यसअघि खेलमा जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १४५ रन बनायो । सन्जय कृष्णमूर्तीले ३८ बलमा ५० तथा जान निकोल लोफ्टि इटनले ३३ बलमा ३९ रन बनाए । अभिनाश बोहराले ४ तथा स्कट कुग्ग्लेजिनले ३ विकेट लिए । यो हारसँगै अंकविहीन जनकपुर प्लेअफ होडबाट लगभग बाहिरिएको छ ।
जनकपुरले नियमित कप्तान अनिल साहलाई कप्तानबाट हटाएर दक्षिण अफ्रिकी खेलाडी वाइने पार्नेललाई कप्तान बनाएको छ । पार्नेल पहिलो विदेशी कप्तान बने पनि टिमलाई जिताउन भने सकेनन् ।
अंक तालिका
आठ टिम सहभागी एनपीएलमा अहिलेसम्म सुदूरपश्चिममात्र अपराजित रहेको छ । सुदूरले खेलेका पाँच ओटै खेल जितेको छ । सुदूर प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । विराटनगरले पाँच खेल खेलेकामा चार खेल जितेर ८ अंकसहित दोस्रो स्थानमा छ ।
काठमाडौँ गोर्खाज ५ खेलमा ६ अकसहित तेस्रो स्थानमा छ । चितवन राइनोज ४ खेलबाट ४ अकसहित चौथो स्थानमा छ । लुम्बिनी ५ खेलमा ४ अंकसहित पाँचौँ स्थानमा पुगेको छ ।
कर्णालीले चारमध्ये एक खेल जितेर छैटौँ स्थानमा छ । पोखरा चार खेलमा एक खेल जितेर २ अंकसहित सातौँ स्थानमा छ ।
साविक विजेता जनकपुरमात्र ४ खेलबाट अंकविहीन छ ।
एक्सप्रेस
सम्बन्धित खबर
राजमार्गले चोला फेर्यो, हर्षले सास्ती बिर्सायो
काठमाडौँको जितसहित तालिकाको तेस्रो स्थानमा उक्लियो
काठमाडौँ । काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग ९एनपिएल० मा बिहीबार भएको बागमती डर्बीमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै तेस्रो जित दर्ता गरेको छ । पाँच खेलपछि काठमाडौँले ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा उक्लिए...
नेपालको मौसम आज बदली
नेपालले भारतलाई ९२ रनले हरायो
काठमाडौँ । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो । जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभर...
एनपीएलः आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ ।
एनपीएलमा आज दुई खेल, प्लेअफका लागि पोखरा र चितवनलाई जित्नैपर्ने दबाब
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज दुई महत्त्वपूर्ण खेल हुँदैछन् । आजको पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खा...


