मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

राजनीतिक हस्तक्षेप : खेलकुद विकासको मुख्य बाधक

Main News Image
Mahir News add

© मदन सिंह भाट

खेलकुद मानव जीवनको त्यो सृष्टि हो, जहाँ शरीर र आत्मा बीचको संवाद हुन्छ।
खेलकुदमा केवल पसीना बग्दैन त्यहाँ इच्छाशक्ति, अनुशासन र स्वाभिमानको रस बगिरहेको हुन्छ तर जब राजनीतिक शक्ति त्यस पवित्र प्रवाहमा पस्छ, त्यो रस विषमा परिणत हुन्छ।
खेलकुदले राष्ट्रलाई गौरव दिन्थ्यो तर अहिले राजनीति त्यस गौरवको बट्टामा आफ्नो चिन्ह कोरिरहेको छ।
आज खेलाडीको संघर्ष भन्दा पनि कुन दलसँग सम्बन्ध छ? भन्ने प्रश्न ठूलो बनेको छ। यही कारण हो नेपालमा खेलकुदको आत्मा बाँधिएको छ खेलाडी स्वतन्त्र छैनन् र खेलकुदको भविष्य अँध्यारो सुरुङभित्र हराएको छ।

खेल र राजनीतिक दर्शन 

खेल र राजनीति दुवै मानवीय गतिविधि हुन् तर तिनका आत्मा भने फरक छन्।
राजनीति शक्ति प्राप्तिको माध्यम हो खेलकुद स्वयंलाई जित्ने साधना।
राजनीति बाह्य शासन हो खेलकुद आन्तरिक शासन।
राजनीति “अरूलाई जित्ने” विचारमा बाँच्दछ, खेलकुद “आफूलाई जित्ने” यात्रामा।

नेपालमा यी दुई यात्राहरू एउटै बाटोमा भिडिएका छन् फलस्वरूप राजनीति खेल मैदानमा पस्यो र खेल मैदान राजनितिको अखडा बन्यो।
त्यस क्षणदेखि खेलकुद आत्माविहीन शरीर जस्तो बन्यो! चलिरहेको छ तर जीवन छैन।

दलगत संघहरू : खेलको पवित्रतामाथि कलङ्क

नेपालको खेलकुद संरचनामा राजनीतिक दलहरूले आफ्नै शाखा खोलिसकेका छन्!
नेकपा (एमाले) को खेलकुद महासंघ,
समाजवादी दलको खेल संघ,
नेपाली कांग्रेसको लोकतान्त्रिक खेलकुद संघ,माओवादी केन्द्रको गणतान्त्रिक खेलकुद संघ यी सबै नामले खेलको आडमा दलको प्रचार गर्ने कामहरू गर्दै आएका छन्।कुशल खेलाडीको चयन, प्रशिक्षकको नियुक्ति, बजेटको वितरण, विदेश भ्रमण आदि सबैमा दलगत सिफारिसले निर्णायक भूमिका खेल्छ।
न्याय र निष्पक्षता दलको छायाँमा हराउँछ।
निष्पक्ष प्रतिस्पर्धा जुन खेलकुदको आत्मा हो त्यो अब “राजनीतिक अनुमति” को दस्तावेजमा रूपान्तरण भइसकेको छ!

खेलकुदको आत्मा र दार्शनिक ह्रास

"दार्शनिक दृष्टिले खेल आत्मशुद्धिको प्रक्रिया हो"  प्लेटोले भनेका थिए ।

“खेलले मानिसलाई शरीरमा अनुशासन र आत्मामा संगीत दिन्छ।”
तर राजनीति खेलमा पस्दा त्यो संगीत बेसुरिलो हुन्छ।खेलाडीले अब प्रतिद्वन्द्वीलाई होइन, आलोचकलाई हराउन खोज्छ।
उसले पदक होइन, राजनीतिक पद चाहन्छ। यसो गर्दा खेलकुद साधना होइन, साधन बन्छ।खेलकुद त्यस्तो क्षेत्र हो जहाँ मन र शरीर दुबै समान अनुशासनमा बाँधिन्छन्। तर जब राजनीतिक हस्तक्षेपले त्यो सन्तुलन तोड्छ, खेलाडी केवल शरीर बन्छ आत्मा हराउँछ। त्यस क्षण खेल अब “जीवनको उत्सव” होइन, “सत्ताको प्रदर्शन” बनिन्छ।

खेलकुद विकासका बाटोमा राजनीति किन बाधक?

राजनीतिक हस्तक्षेपले खेलकुदलाई तीन स्तरमा क्षति पुर्‍याएको छ :-
१.संस्थागत स्तरमा ,खेल सङ्घहरू दलगत कार्यकर्ताले कब्जा गरेका छन्।


२.नीतिगत स्तरमा,प्रत्येक सरकारले आफ्ना नातेदारहरूलाई पद बाँड्ने प्रवृत्ति।


३.मानसिक स्तरमा,खेलाडीले अब निष्पक्षतामा होइन, “पार्टीमा पर्ने” डरमा खेल्छ।

परिणामस्वरूप खेल क्षेत्र सड्को कुनामा बिर्सिएको छ, जबकि त्यही खेलाडीले देशको झण्डा एकदिन संसारमा फहराएको थियो।

खेल स्वतन्त्र हुन किन जरुरी छ?

खेल स्वतन्त्र नभएसम्म त्यसले राष्ट्रलाई आत्मगौरव दिन सक्दैन।
खेलकुदको आत्मा केवल तब फक्रिन्छ जब त्यो निष्पक्ष, स्वतन्त्र र पारदर्शी हुन्छ।
राजनीतिले खेललाई आफ्नो प्रचार उपकरण बनाउने होइन खेलकुदलाई राष्ट्र गौरवको माध्यम बन्ने वातावरण दिनुपर्छ।
त्यसका लागि निम्न कारणहरू छन् :-
•खेल संघहरूमा मेरिट प्रणाली लागू गर्नुपर्छ,
•खेलकुद परिषद् पूर्ण रूपमा दलनिरपेक्ष हुनुपर्छ,
•खेलाडीलाई राजनीतिक दबाबबाट मुक्त गर्न कानूनी प्रावधान आवश्यक छ।

राजनीति र खेलबीचको सम्बन्ध पानी र तेल जस्तो हुनुपर्छ एउटै भाँडोमा रहन सक्छन् तर मिश्रित हुँदैनन्।

सुझाव :-
खेलकुद केवल प्रतिस्पर्धा होइन त्यो जीवनको दर्शन हो।
जहाँ श्रमलाई सम्मान गरिन्छ र अनुशासनलाई आदर।
तर जब राजनीतिक हस्तक्षेप खेलमा पस्छ, त्यहाँ श्रम होइन सिफारिसको शक्ति बोल्छ।
त्यसैले खेलकुदको पुनर्जागरणको पहिलो कदम नै हो  खेलकुदको पवित्र आत्मालाई राजनीति मुक्त बनाउनु।जब खेल स्वतन्त्र हुनेछ, तब खेलाडी स्वतन्त्र हुनेछ 
जब खेलाडी स्वतन्त्र हुनेछ तब राष्ट्रको आत्मा स्वतन्त्र हुनेछ र जब राष्ट्रको आत्मा स्वतन्त्र हुन्छ  त्यो देशले केवल पदक मात्र होइन पहिचान जित्छ।

द्रष्टव्य : यो विचारका लेखक मदन सिंह भाट युवा व्यवसायी,युवा प्रेरक र राष्ट्रिय खेलाडी हुन् ।

Mahir News add

सम्बन्धित खबर

सरकारले नयाँ नीति ल्यायो

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

राष्ट्रिय खेलाडीहरूको संघर्ष र अस्वीकारिएको योगदान

प्रस्तावना
राष्ट्रको इज्जत, पहिचान र गौरव शब्दहरू केवल इतिहासका पानामा सीमित छैनन् । ती आज पनि खेल मैदानमा पुनः–पुनः जन्मिन्छन् । जब कुनै खेलाडीले राष्ट्रको झण्डा काँधमा बोकेर मैदानमा पसिना...

एमालेमा हलचल, तर खुल्न डर

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

केपी ओलीको विकल्पमा आइन् विद्या भण्डारी

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

राजमार्गले चोला फेर्‍यो, हर्षले सास्ती बिर्सायो

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

केपी ओलीको विकल्पमा आइन् विद्या भण्डारी

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।