ओलीको दाबी: ‘म बयान दिन गएनँ, आयोग नै नक्कली हो’
काठमाडौं — नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगप्रति कडा आपत्ति जनाउँदै आफूले उक्त आयोगमा कुनै बयान नदिएको स्पष्ट पारेका छन्।
एमाले केन्द्रीय
संगठन विभागले बुधबार आयोजना गरेको दुई दिने राष्ट्रिय कार्यशालामा बोल्दै ओलीले
उक्त आयोगलाई “नक्कली” भन्दै त्यसलाई आफ्नो दलले मान्यता नदिएको टिप्पणी गरे। उनले
आयोग गठनको आधार नै पूर्वाग्रही भएको आरोप पनि लगाए।
ओलीका अनुसार, “पहिल्यै कसलाई जेल हाल्ने भनेर सार्वजनिक रूपमा धारणा
बनाइसकेका व्यक्तिको नेतृत्वमा बनेको आयोग निष्पक्ष हुन सक्दैन।”
उनले आफ्नो
सम्पत्ति विवरणबारे उठाइएका प्रश्नप्रति असन्तुष्टि जनाउँदै, “आगोले नष्ट भइसकेको स्थानमा सम्पत्ति खोज्ने होइन, खरानी नै उठाएर लैजानुहोस्,” भन्दै सरकारलाई व्यंग्य गरे।
पूर्वप्रधानमन्त्री
सुशीला कार्कीप्रति संकेत गर्दै उनले सरकारका उच्च तहबाटै निश्चित व्यक्तिमाथि
कारबाही गर्न निर्देशन दिइएको र त्यसकै आधारमा आयोग बनेको दाबी पनि गरे।
ओलीले आफूले
आयोगलाई बयान नदिएको पुनः दोहोर्याउँदै, प्रश्नावली पठाइएको तर त्यसको जवाफ नदिएको बताएका छन्। साथै, राष्ट्रपतिमाथि पनि उनले संवैधानिक भूमिकाभन्दा बाहिर गएर
सरकारका निर्णयमा ‘रबर स्ट्याम्प’ बनेको आरोप लगाए।
उनले पार्टी
नेतृत्व परिवर्तनबारे उठिरहेका बहसप्रति टिप्पणी गर्दै “शिर काटेर टेबलमा राखेपछि
पार्टी बलियो हुन्छ भन्ने भ्रममा नपर्न” चेतावनी दिए। देशका संकटका समयमा आफूहरूले
रोक्न नसकेका घटनाबारे आत्मालोचना गर्नुको सट्टा यथार्थ बुझ्नुपर्ने पनि उनको भनाइ
थियो।
एक्सप्रेस
सम्बन्धित खबर
यी हुन् एमाले महाधिवेशनमा मत नहाल्ने ३६ महाधिवेशन प्रतिनिधि
काठमाडौँ । बिहीबार बिहान सकिएको नेकपा एमालेको निर्वाचनमा ३६ मतदाताले मत दिएनन् । जारी एघारौँ महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधिमध्ये जम्मा २ हजार २ सय २७ मत मात्रै खसेको एमालेको केन्द्रीय निर्वाचन आयोगले जनाएको...
रवि लामिछानेप्रतिको धारणा सरकारले तत्काल सार्वजनिक गर्नुपर्छ : अर्याल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले सुशीला कार्की नेतृत्वको सरकारले रवि लामिछानेप्रतिको धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएका छन् । अर्यालले भने, सुशीला कार्की नेतृत्वको सर...
एमालेको महाधिवेशन प्रतिनिधि छनोट गर्न पाँच बुँदे निर्देशन
काठमाडौँ । नेकपा एमालेको आसन्न ११औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट गर्न सो पार्टीको सङ्गठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ । पार्टी स्थायी कमिटी सदस्य एवं सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले प्रतिनिधि...
एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको आसन्न ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएका छन् । एमालेको ११औं महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौर...
तोकिएको मितिमै निर्वाचन हुनुपर्छः उपसभापति अर्याल
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले तोकिएको मितिमै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । रास्वपा रुपन्देहीले आज भैरहवामा आयोजना गरेको छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सम...
भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अघि बढेको एमाले महासचिव पोखरेलको टिप्पणी
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अगाडि बढाएको बताएका छन् । सोमबार नेकपा ९एमाले० को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा आयोजित संवाद...


