मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

नेशनल लाईफ इन्स्योरेन्सको सफलताको शुरुवात कार्यक्रम सम्पन्न

Main News Image
Mahir News add

काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि १ रात २ दिनको “सफलताको शुरुवात” कार्यक्रम पोखरा स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८२ भाद्र महिनामा संचालन गरेको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको चर्चित एवं बरिष्ठ कलाकार महानायक राजेश हमालज्यूको उत्प्रेरणात्मक बिचार तथा अनुभव शेयर गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूको समुपस्थितीमा सम्पन्न कार्यक्रममा विभागिय प्रमुखहरु, प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल हुनुभएका करिब ३०० जना बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूले पानसमा द्विप प्रज्वलन गरी शुभारम्भ गरिएको सो कार्यक्रममा सहभागि हुनु भएका अभिकर्ताहरुलाई सम्वोधन गर्नुहुँदै कम्पनीले आर्थिक बर्ष २०८१।८२ मा उल्लेखनिय व्यवसाय गर्न सफल हुनुमा अभिकर्ताहरुको मूख्य भुमिका रहेकोमा दुईमत नरहेको बताउनु भयो वहाँले कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै नयाँ नयाँ योजनहरु प्रस्तुत गरेको र सोही क्रममा नेपाली सिने जगतका चर्चित कलाकार एवं वौद्धिक व्यक्तित्व महानायक राजेश हमालसंग साक्षात्कार गराई वहाँको अनुभवबाट केहि प्रेरणा लिन सकिने गरी भदौ महिनामा सफलताको शुरुवात योजना प्रस्तुत गरिएको र यो योजनाबाट अभिकर्ताहरु उत्साही भई देशैभरीबाट करिब ३०० जना अभिकर्ताहरु छनौट हुनबाट पुष्टि भएको बताउनु भयो ।

देशैभरीबाट कार्यक्रममा छनौट भई सहभागि हुने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतज्यूले सम्मान पत्रबाट सम्मानित गर्नु भएको थियो । यसैगरी कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले सेल्स स्किल सम्वन्धमा तालिम प्रदान गर्नुभएको थियो । कार्यक्रममा महानायक राजेश हमालज्यूले यो स्थानमा आईपुग्न आफूले सिनेजगतमा गरेको संघर्ष तथा निरन्तरताले मात्र सम्भव भएको बताउनु हुँदै जुनसुकै पेशा अपनाउने व्यक्तिले पनि आफ्नो पेशालाई निरन्तरता दिँदा आपूmले लिएको जिम्मेवारीमा उत्कृष्टता हासिल गर्न सकिन्छ भन्ने बिचार व्यक्त गर्नुभयो ।  मनोरञ्जनात्मक प्रस्तुती सहित सम्पन्न सो कार्यक्रममा सहभागि अभिकर्ताहरुले महानायक राजेश हमालसंग साक्षात्कार गर्ने अवसर प्रदान गरेकोमा कम्पनी प्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट वृत्ति विकासमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए । 

Mahir News add

सम्बन्धित खबर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ ।

एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु

काठमाडौँ । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ । यो नयाँ सेवाले भौतिक र अनलाइन ई–कमर्स दुवै प्रका...

डेडिकेटेड ट्रंकलाइन महसुल भुक्तानीमा सहजीकरण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्रीको कार्यालयले डेडिकेटेड ट्रंक लाइनको महसुल भुक्तानीका विषयमा सहजीकरण गर्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले कात्तिक २१ गते ऊर्जा मन्त्रालय...

आज अमेरिकी डलर स्थिर रहँदा यूरो र पाउण्डको भाउमा सामान्य गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

जेनजी आन्दोलनका क्रममा महानगरमा मात्रै १ अर्ब बराबरको क्षति

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरपालिकाको भौतिक संरचना र अन्य सामानसहित झण्डै १ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । मेयर नागेश कोइरालाका अनुसार भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार २३४ रुपैयाँ बराबरक...

सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा पाँच हजार ५०० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा दुई लाख ६७ हजार २०० रुपैयाँ...