राष्ट्रियसभा बैठक: जनजीविका, विपद् व्यवस्थापन र सुशासनका मुद्दामा सरकारको ध्यानाकर्षण
संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले जनजीविका, विपद् व्यवस्थापन, शान्तिसुरक्षा र सुशासनका सवालमा सरकारलाई र्याखर्याख्ती पारेका छन्। बैठकको शून्य समयमा बोल्दै उनीहरूले मनसुनजन्य विपद्, कृषकका समस्या, खस्कँदो सुशासन र बढ्दो महँगीजस्ता जल्दाबल्दा विषयमा सरकारको ध्यानाकर्षण गराए।
बैठकमा
बोल्दै सांसद गीता
देवकोटाले मनसुन सुरु
भइसकेको अवस्थामा बाढी, पहिरो
र डुबानको उच्च जोखिम रहने भन्दै नागरिकको जीउधनको रक्षाका लागि पूर्वतयारी,
उद्धार, राहत र पुनःस्थापनाको काममा तत्काल
जुट्न सरकारलाई सुझाइन्। यसैगरी, सांसद मीना सिंह रखालले किसानका खेतबारीमा बाँदर र बँदेलले
पुर्याएको क्षतिको चर्चा गर्दै दैलेखलगायतका जिल्लामा देखिएको जङ्गली जनावरको
आतङ्क नियन्त्रण गरी दीर्घकालीन समाधान खोज्न माग गरिन्।
सुशासनका
नाममा मजदुर तथा कर्मचारीको ट्रेड युनियन अधिकार कुण्ठित गर्न नहुने भन्दै सांसद रञ्जित कर्णले सरकारलाई आफ्नो कदम सच्याउन आग्रह
गरे। सांसद रामकुमारी
झाँक्रीले पनि सुशासन र सेवा
प्रवाहको निहुँमा सर्वसाधारण नागरिकलाई त्रसित पार्ने काम गर्न नहुने तर्क गरिन्।
यद्यपि, उनले कानुनविपरीत काम
गर्ने जो-कोहीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा भने जोड दिइन्। उता, सांसद रेखाकुमारी झाले सरकारका नीति तथा कार्यक्रमले आम नागरिकमा उत्साह भर्न
नसकेको टिप्पणी गर्दै रोजगारी सिर्जना र विकास निर्माणका काममा केन्द्रित हुन
सरकारको ध्यानाकर्षण गराइन्।
देशमा
बढ्दो हत्या, अनलाइन ठगी र
अपराधप्रति चिन्ता व्यक्त गर्दै सांसद रोशनी मेचेले
शान्तिसुरक्षा कायम गर्न गृहमन्त्रालय पूर्ण रूपमा चुकेको र प्रभावकारी भूमिका
खेल्न नसकेको आरोप लगाइन्। यसैगरी, सांसद सम्झना देवकोटाले हालै भएको जेनजी (Gen Z) प्रदर्शनका विषयमा राष्ट्रिय मानव
अधिकार आयोगले तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरिन्।
आर्थिक
तथा महँगीको मुद्दा उठाउँदै सांसद सोमनाथ पोर्तेलले छिमेकी राष्ट्र भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थ
(डिजेल, पेट्रोल र एलपी
ग्यास) को मूल्य निकै महँगो हुँदा पनि नेपाल आयल निगम घाटामै रहनुको कारणबारे
सरकारको जवाफदेहिता खोजे।
यसैबीच,
सांसद जगत तिमिल्सिनाले विश्वविद्यालयलगायतका शैक्षिक संस्थाको पठनपाठन र परीक्षा
प्रणालीका विषयलाई लिएर बाहिर अनावश्यक भ्रम र गलत प्रचारबाजी नगर्न सबैको
ध्यानाकर्षण गराए।
एक्सप्रेस
सम्बन्धित खबर
दल दर्ता गर्न विप्लव नेतृत्वको पार्टीले दियो निर्वाचन आयोगमा निवेदन
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको कम्युनिष्ट पार्टी नेकपाले निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएको छ। नेताहरू खड्गबहादुर विश्वकर्मा, सन्तोष बुढामगर, कर्णजित बुढासहित नेताहरूले आयोगमा पुगेर दल दर्ताको निव...
एमाले महाधिवेशन भाँड्ने सोच नबनाउन ओलीको चेतावनी
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन भाँड्ने सोच नबनाउन चेतावनी दिएका छन् । शुक्रबार पार्टीको युथ भोलेन्टियरको घोषणा गर्दै ओलीले पार्टीको महाधिवेशन भाड्ने प्रयास भइरहेको आरोप लगाउँदै त्यस्तो सोच नबाउन चेतावनी दिएका...
म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन : मन्त्री घिसिङ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको स्पष्ट पारेका छन् । मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न साम...
श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङद्वारा चार दिनमै दुई उपाध्यक्षमाथि कारबाही
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चार दिनभित्र दुई जना उपाध्यक्षमाथि कारबाही गरेका छन् । उपाध्यक्ष राजकुमार तामाङ ९देवराज लामा० लाई निलम्बन गरेको ३ दिनपछि शनिबार अर्का उपाध्यक्ष डा मित्र परियार पनि कारबाहीमा परेका हुन् । धरा...
राजमार्गले चोला फेर्यो, हर्षले सास्ती बिर्सायो
ओलीलाई केन्द्रीय सदस्यहरूको आग्रह : अब नेतृत्व होइन, अभिभावक बन्नुस्
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबारे बहस हुन थालेको छ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संकटले पार्टीभित्र नयाँ नेतृत्वको माग चुलिएको हो । गत भदौ २२ गते सम्पन्न एमालेको दोस्रो विधान महाधिवेशनले अध्...



