लुम्बिनीको नयाँ नीति : कृषि, पर्यटन र सुशासनमा केन्द्रित प्रदेश सरकार
बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगार र सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिए ।
सरकारले “उद्यमशील
लुम्बिनी” र “डिजिटल लुम्बिनी” अभियानलाई प्रदेश रूपान्तरणको आधार कार्यक्रमका
रूपमा अघि बढाउने भएको छ । प्रशासनिक खर्च घटाएर सेवा प्रवाहलाई प्रभावकारी बनाउन
हाल रहेका १२ मन्त्रालयलाई घटाएर आगामी साउन १ गतेदेखि मुख्यमन्त्री तथा
मन्त्रिपरिषद्को कार्यालयसहित ८ मन्त्रालय कायम गर्ने योजना सार्वजनिक गरिएको छ ।
कृषि क्षेत्रलाई
व्यावसायिक र आधुनिक बनाउने उद्देश्यसहित बालीवस्तु विशेष सघन व्यावसायिक क्षेत्र
विकास कार्यक्रमलाई थप प्रभावकारी बनाइने भएको छ । सबै कृषकलाई सरकारी सहुलियतमा
समान पहुँच सुनिश्चित गर्ने तथा प्रादेशिक कृषि ऐन निर्माण गर्ने नीति लिइएको छ ।
प्रदेशलाई प्राङ्गारिक उत्पादनतर्फ उन्मुख गराउन “एक पालिका, एक अर्गानिक/रैथाने बाली” अवधारणा लागू गरिनेछ ।
कृषि उत्पादन र
स्रोत व्यवस्थापनका लागि कपिलवस्तुमा प्रादेशिक बागवानी स्रोत केन्द्र स्थापना
गरिने भएको छ भने अर्घाखाँचीमा बाख्रा, गुल्मीमा पहाडी फलफूल, प्यूठानमा तरकारी बीउ र रुकुम पूर्वमा
आलु बीउ स्रोत केन्द्र स्थापनाको प्रक्रिया अघि बढाइने उल्लेख छ । विदेशबाट
फर्किएका युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न युवा उद्यमशीलता कार्यक्रम सञ्चालन
गरिनेछ ।
सरकारले विपन्न, दलित, भूमिहीन, मुक्तकमैया तथा सीमान्तकृत समुदायको आयआर्जन बढाउन बगर खेती, सामूहिक खेती र पशुपालन कार्यक्रमलाई निरन्तरता दिने भएको छ
। प्राविधिकसहितको कृषि सेवा खेतबारी र गोठमै पुर्याउने नीति पनि ल्याइएको छ ।
हुलाकी मार्ग
आसपासका क्षेत्रमा भैंसी प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइने भएको छ भने
विभिन्न राजमार्ग र करिडोर आसपास उच्च मूल्यका कृषि बाली उत्पादन र बजारीकरणको
सम्भाव्यता अध्ययन गरिनेछ ।
सहकारी क्षेत्र
सुधारका लागि अभिलेख डिजिटलाइजेसन गरिने तथा समस्याग्रस्त सहकारीलाई विशेष
व्यवस्थापन समितिमार्फत सञ्चालन गर्ने नीति सार्वजनिक गरिएको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि संघ र
स्थानीय तहसँग सहकार्य गरिने उल्लेख छ ।
महिला
उद्यमशीलतालाई प्रोत्साहन गर्न “लुम्बिनीका महिला : उद्यमशीलतामा पहिला” नारासहित
कार्यक्रम सञ्चालन गरिने भएको छ । स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकता दिने
नीति पनि सरकारले अघि सारेको छ ।
पर्यटनतर्फ लुम्बिनीलाई
आरोग्य पर्यटन हबका रूपमा विकास गरिने भएको छ । पर्यटकको बसाइ अवधि बढाउन डिजिटल
पर्यटन प्लेटफर्ममार्फत प्रचारप्रसार र पूर्वाधार विस्तार गरिनेछ । कोइलाबासदेखि
स्वर्गद्वारीसम्म धार्मिक तथा सांस्कृतिक मार्ग निर्माण गर्ने तथा लुम्बिनीदेखि
मुक्तिनाथसम्म धार्मिक परिपथ प्रवर्द्धन गरिने योजना छ । लुम्बिनी, स्वर्गद्वारी र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोडेर “सिल्भर
ट्राइङ्गल” अवधारणा अघि बढाइने भएको छ ।
पहाडी क्षेत्रमा
बसाइँसराइ रोक्न “एक जिल्ला, एक नमुना बस्ती”
कार्यक्रम लागू गरिने भएको छ । प्रत्येक जिल्लामा कम्तीमा एउटा नमुना बस्ती
विकासका लागि स्थानीय तहसँग साझेदारी गरिने नीति सरकारले लिएको छ ।
शिक्षातर्फ
प्रारम्भिक तहदेखि उच्च शिक्षा र प्राविधिक शिक्षासम्म पहुँच विस्तार गर्न एकीकृत
प्रादेशिक शिक्षा नीति ल्याइने भएको छ । “मेरो विद्यालय, मेरो दायित्व” अभियानलाई सबै विद्यालयमा विस्तार गरिनेछ ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई उत्कृष्ट प्राविधिक शिक्षाको केन्द्रका रूपमा
विकास गरी त्यहाँ नवप्रवर्तन केन्द्र स्थापना गर्ने योजना पनि सार्वजनिक गरिएको छ
।
स्वास्थ्य
क्षेत्रमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा जलन उपचार सेवा विस्तार गरिने
भएको छ । दुर्गम क्षेत्रमा विशेषज्ञसहित स्वास्थ्य शिविर सञ्चालन गरिने तथा मुटु, मिर्गौला र क्यान्सर उपचारमा दिइँदै आएको सहुलियतलाई
निरन्तरता दिइने उल्लेख छ । प्रदेशका अस्पतालमा एन्टी रेबिज भ्याक्सिन र सर्पदंश
उपचार केन्द्रमा एन्टी स्नेक भेनमको नियमित आपूर्ति सुनिश्चित गरिने नीति पनि
सरकारले अघि सारेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बागमती प्रदेशमा घर जग्गा कारोबार घट्दै, राजस्व संकलनमा २३.६ प्रतिशतले गिरावट
काठमाडौँ । बागमती प्रदेशमा घरजग्गा कारोबार निरन्तर घट्दा राजस्वमा असर परेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार घर, भवन नक्सापास कमी आउँदा राजस्व पनि घटेको देखिएको छ । प...
आइतबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...
सरकारले नगद कारोबारको सीमा घटायो, ५ लाखभन्दा माथिको कारोबार बैंकिङ माध्यमबाट गर्नुपर्ने
काठमाडौँ । सरकारले नगद कारोबारको सीमा घटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रुपमा वित्तीय संस्था वा बैंकिङ माध्यमबाट गर्...
कात्तिक महीनामा वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, कुनले कति दिन्छन् ?
काठमाडौँ । वाणिज्य बैंकहरूले कात्तिक महीनाका लागि प्रकाशित गरेको ब्याजदर अनुसार निक्षेपको अधिकतम औषत ब्याजदर घटेको देखिएको छ । असोज महीनामा व्यक्तिगततर्फ अधिकतम औषत ब्याजदर ५.४६ प्रतिशत रहेकोमा कात्तिक महीनामा व्यक्तिगततर्फ अधिकतम औषत ब्याजदर ०.२६...
साताभर ७.६६ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?
काठमाडौँ । यस साता नेप्से परिसूचक ७.६६ अंकले बढेर २६१५.०३ विन्दुमा आईपुगेको छ। गत साता २६०७.३७ विन्दुमा बन्द भएको नेप्से यो साता ७.६६ अंक बढेर २६१५.०३ विन्दुमा पुगेको हो । यस साता पाँचै कारोबार दिन बजार खुलेको थियो। यस साता तीन कारोबार दिन नेप्से...
बाजुराको अर्गानिक स्याउ बिक्रीबाट एक करोड बढी आम्दानी
बाजुरा । बाजुरामा उत्पादित अर्गानिक स्याउ बिक्रीबाट एक करोड बढी आम्दानी भएको छ। यहाँका स्याउ कृषकले स्याउ बिक्री गरेर एक करोड ५० लाख बराबरको आम्दानी गरेका हुन् । बाजुराको स्वामिकार्तिक, हिमाली, जगन्नाथ र बुढिनन्दामा उत...


