एल आइ सी नेपालको चौथो एकता अधिवेशन सम्पन्न
© रविन्द्र लामिछाने (नवीन)
मिडियाबाजी डटकम काठमाडौँ ,मंसिर ५। एल आइ सी नेपालको चौथो एकता अधिवेशन सम्पन्न भएको छ। लामो समयदेखिको विवाद र रस्साकस्सी अन्त्य गर्दै गत मंगलबार चितवनको सौराहामा पेशागत बीमा अभिकर्ता संघ बीमक समिति एल आई सी नेपालको गतवर्ष चैत जनकपुरमा सम्पन्न अधिवेशनका पक्षधर र पेशागत बीमा अभिकर्ता संघ केन्द्रीय समितिबाट गठित समिति पक्षधर दुबैको भव्य सहभागितामा सर्वसम्मत ढंगले संयुक्त रुपमा एकताको चौथो अधिवेशन सम्पन्न भएको हो ।
उक्त अधिवेशनको समन्वय गर्न गठित अधिवेशन समितिका संयोजक श्री दीपक अर्यालको सभापतित्व र पेशागत बीमा अभिकर्ता संघ केन्द्रीय समितिका अध्यक्ष श्री केदारनाथ अधिकारीको प्रमुख आतिथ्यता र अधिवेशन समन्वय समितिका सह-संयोजक श्री सूर्य भट्टराई सदस्यहरू श्री ऋषिकेश पोख्रेल,अम्बिका गौतम र सीता दाहाल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।उक्त अधिवेशनले श्री रामकुमार अधिकारीको अध्यक्षतामा ३२ सदस्यीय कार्य समिति गठन गरेको छ ।
लामो विवाद र द्वन्दलाई सुरक्षित निष्कर्षमा पुर्याउन विशेष भूमिका निभाएकोमा समन्वय समिति संयोजक दीपक अर्याल लगायतको टिमलाई नवनिर्वाचित कार्यसमितिले धन्यवाद ज्ञापन गरेको थियो साथै नवनिर्वाचित कार्यसमितिले बीमा व्यवसायको शुद्धिकरण र संगठनको सुदृढ़ीकरणमा सम्पूर्ण रुपले लाग्ने अठोट गर्दै संगठनले सबैलाई समान व्यवहार गर्ने,अभिकर्ताहरूको हकहित र बीमितहरूको लगानीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय समेत नवगठित समितिको पहिलो बैठकले गरेको जानकारी अध्यक्ष श्री रामकुमार अधिकारीबाट प्राप्त भएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी रकममध्ये हालसम्म रु पाँच अर्ब १८ करोड दाबी रकम बीमितलाई भुक्तानी गरिएको छ । नेपाल बिमा प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै निर्जीवन बिमा कम्पनीमा परेका कूल तीन हजार ३०३...
साताको शेयर बजारः कारोबार भएको पाँचै दिन बढ्यो नेप्से
काठमाडौँ । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक लगातार पाँचै दिन बढेर उकालो लागेको छ । आइतबारदेखि बिहीबारसम्मको समग्र बजार सूचक चार दशमलवभन्दा बढीले वृद्धि भई दुई हजार ६७६ दशमलव ०३ विन्दुमा पुगेको ह...
लक्ष्मी पूजामा स्वदेशी माग धानेर १०१५ मेगावाट विजुली भारत निर्यात
काठमाडौँ । तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ। घरघरमा दिपावली गर्ने र बत्ती जलाउने, घर उज्यालो बनाउने, फूलहरूले सजाउने यो पर्वको विशेषता र मौलिकता हो । दिपावली र बत्ती एक अर्काका परिपूरक हुन् । नेपाल व...
लुम्बिनीको नयाँ नीति : कृषि, पर्यटन र सुशासनमा केन्द्रित प्रदेश सरकार
बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...
प्रभु बैंकमा बैंकिङ् कसुर — सीईओ शेरचनसहित तीन वरिष्ठ अधिकारी पक्राउ
काठमाडौँ — नेपाल प्रहरीको Central Investigation Bureau (सीआईबी) ले आइतबार (मंसिर १४, २०८२) बिहान कात्तुस्थित Prabhu Bank का प्रमुख कार्यकारी अधिकृत (CEO) अशोक शेरचन र अन्य दुई वरिष्ठ अधिकारीलाई बैंकिङ् कसुरको आरो...
शनिबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...



