अनुगमनको नाममा बदनाम गर्ने प्रयास? कोहलपुर डेन्टल अस्पताल प्रकरणले उठायो निष्पक्षताको प्रश्न
कोहलपुर डेन्टल
अस्पताल प्रकरणः एकपक्षीय समाचारले संस्थाको छविमा असर परेको दाबी
कोहलपुर, जेठ २६ — बाँकेको कोहलपुरमा सञ्चालनमा रहेको कोहलपुर डेन्टल
अस्पतालले नेपाल मेडिकल काउन्सिलको हालैको अनुगमनपछि केही सञ्चार माध्यममा
प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अस्पताल व्यवस्थापनले
अनुगमनका क्रममा कुनै सेवा बन्द गर्न, कारबाही गर्न वा
अस्पताल सिलबन्दी गर्न निर्देशन नदिइएको स्पष्ट पारेको छ।
अस्पताल सञ्चालकका अनुसार
संस्था स्थानीय सरकारबाट प्राप्त अनुमति तथा प्रचलित कानुनी व्यवस्थाअनुसार
सञ्चालन हुँदै आएको छ। संघीय संरचना लागू भएपछि प्रदेश सरकारबाट समेत अनुमति
लिनुपर्ने व्यवस्था बनेकाले सो प्रक्रिया पूरा गर्ने चरणमा रहेको अस्पतालले जनाएको
छ।
नेपाल मेडिकल
काउन्सिलको टोलीले सोमबार कोहलपुर क्षेत्रका विभिन्न डेन्टल स्वास्थ्य संस्थाको
अनुगमन गरेको थियो। अस्पताल व्यवस्थापनका अनुसार अनुगमन टोलीले सेवा प्रवाह, जनशक्ति व्यवस्थापन तथा कानुनी प्रक्रियासम्बन्धी आवश्यक सुझाव
दिएको र प्रदेशस्तरीय अनुमति प्रक्रिया छिटो पूरा गर्न आग्रह गरेको थियो।
तर अनुगमनपछि
प्रकाशित केही समाचारमा अन्य संस्थाहरूको नाम उल्लेख नगरी कोहलपुर डेन्टल
अस्पतालको नाम र तस्वीरलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको भन्दै अस्पतालले
आपत्ति जनाएको छ। व्यवस्थापनका अनुसार यसले संस्थाको प्रतिष्ठामा असर पार्नुका साथै
सर्वसाधारणमा भ्रम सिर्जना गरेको छ।
अस्पतालले तथ्यमा
आधारित र सन्तुलित सूचना सम्प्रेषण गर्न सञ्चार माध्यमसँग आग्रह गरेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
वरिष्ठ सौन्दर्यविद् महराद्वारा स्पार्कल ब्यूटी एण्ड एकेडेमीको उद्घाटन
काठमाडौँ । नारायणी कम्पलेस कालिमाटीमा स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा आएको छ ।
वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले शनिबार एक कार्यक्रमका बीच स्पार्कल ब्यूटी एण्ड एकेडेमी उद्घाटन गरेकी...


