काठमाडौं महानगरको आगामी वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, बजेट असार ४ गते आउने
काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।
सोमबार सम्पन्न नगरसभाको १९औँ अधिवेशनले महानगरको नीति तथा कार्यक्रम अनुमोदन गरेको हो। यसअघि आइतबार बसेको बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले ११ प्रमुख क्षेत्र समेटिएको १०१ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।
महानगरले आगामी वर्षका योजना तथा बजेट निर्माण गर्दा काठमाडौंको ऐतिहासिक पहिचान, सांस्कृतिक सम्पदा, भौतिक पूर्वाधार तथा आधुनिक शहरी विकासलाई मुख्य आधार बनाउने नीति लिएको छ।
नीति तथा कार्यक्रम संशोधनसहित स्वीकृत भएको घोषणा गर्दै कार्यवाहक प्रमुख डंगोलले यसको कार्यान्वयनका लागि आवश्यक बजेट आगामी असार ४ गते प्रस्तुत गरिने जानकारी दिइन् ।
स्वीकृत नीति तथा कार्यक्रममा सुशासन, शैक्षिक विकास, युवा तथा खेलकुद प्रवर्द्धन, सुलभ स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा सरसफाइ, राजस्व व्यवस्थापन, पूर्वाधार निर्माण, शहरी विकास, सम्पदा संरक्षण, संस्कृति तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकताका साथ समेटिएको छ।
महानगरले आगामी वर्ष नागरिकमैत्री सेवा प्रवाहसँगै दिगो शहरी विकासलाई केन्द्रमा राखेर कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्य लिएको जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
बजेटअघि बैंकर्स संघको सरकारलाई दबाब : कर कटौतीदेखि नीतिगत सुधारसम्मका माग
सुन बजारमा ठूलो पहिरो: एकैदिन तोलामा साढे ५ हजारले घट्यो मूल्य
काठमाडौं-
नेप्सेमा उत्साह कायम : परिसूचक २७.८५ अंकले उकालो, कारोबार रकम झन्डै ६ अर्ब
काठमाडौँ — साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सच...


