मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

कर्णालीमा प्राकृतिक विपद् बीमा विस्तार : अब जंगली जनावरदेखि नदीमा बगेर मृत्यु हुने घटना पनि समेटिने

Main News Image
Mahir News add

कर्णाली प्रदेश सरकारले सञ्चालन गर्दै आएको प्राकृतिक विपद् बीमा कार्यक्रमलाई थप व्यापक बनाएको छ। अब देशको जुनसुकै स्थानमा प्राकृतिक विपद्का कारण मृत्यु भएका कर्णालीका स्थायी नागरिकले पनि यस योजनाबाट लाभ लिन सक्नेछन्। साथै, अन्य प्रदेशका स्थायी बासिन्दा भए पनि कर्णालीमा सरकारी, गैरसरकारी वा अन्य क्षेत्रमा कार्यरत नेपाली नागरिकलाई समेत बीमा कार्यक्रममा समावेश गरिएको छ।

यस योजनाअन्तर्गत हिमपात, असिना, हिमपहिरो, हिमताल विस्फोटन, भूकम्प, बाढी, जलमग्न, पहिरो, जमिन धसिने, डुबान, हावाहुरी, आँधीबेहरी, शीतलहर, तातो हावाको लहर, चट्याङ, आगलागी तथा डढेलोजस्ता प्राकृतिक विपद्बाट हुने मृत्यु बीमाको दायरामा पर्नेछ।

यसपटकदेखि बीमाको दायरा अझ विस्तार गर्दै जंगली जनावरको आक्रमण, भिरबाट लडेर मृत्यु, ढुंगा खसेर ज्यान गुमाउने घटना, साथै खोला वा नदीमा डुबेर वा बगेर मृत्यु हुने अवस्थालाई पनि समेटिएको छ। यसअघि यी घटनाहरू स्पष्ट रूपमा समावेश थिएनन्।

बीमा दाबी प्रक्रियालाई सहज र छिटो बनाउन बीमा कम्पनीले कर्णालीका सबै जिल्लामा प्रतिनिधि खटाउनुपर्ने व्यवस्था गरिएको छ। ती प्रतिनिधिले घटनास्थलमै पुगेर आवश्यक कागजात संकलन गर्ने जिम्मेवारी सम्हाल्नेछन्।

प्रदेश सरकारले बीमा कार्यक्रमबारे जनचेतना फैलाउन विशेष जोड दिएको छ। त्यसका लागि बीमा कम्पनीले प्रभावकारी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेछ भने प्रदेश सरकारले पनि प्रचार–प्रसारलाई प्राथमिकता दिने जनाएको छ।

सम्झौताअनुसार बीमा भुक्तानी प्रक्रिया सरल र प्रभावकारी बनाउन कम्पनी, कार्यालय तथा लाभग्राहीबीच समन्वय गर्ने संयन्त्र विकास गरिनेछ। स्थानीय तहको सिफारिस तथा उपलब्ध कागजातलाई प्रमाणका रूपमा स्वीकार गरिने व्यवस्था पनि गरिएको छ।

पूर्ण कागजात पेश भएको मितिबाट बढीमा १५ दिनभित्र हकवालाको बैंक खातामा सिधै बीमा रकम जम्मा गरिसक्नुपर्ने प्रावधान राखिएको छ।

Mahir News add

सम्बन्धित खबर

रास्वपा र विवेकशीलबीच आज एकता घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । असल शासन र समु...

८ वामपन्थी दलबीच पार्टी एकता सहमति, कार्तिक १९ मा संयुक्त सम्मेलन हुने

काठमाडौँ । नेपालको प्रमुख वामपन्थी ८ दलहरूले पार्टी एकता गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरणमार्फत समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्ने उद्दे...

८ लाख ३७ हजार मतदाता थपिए

काठमाडौँ । नेपालमा आठलाख ३७ हजार भन्दा धेरै मतदाता थपिएका छन् । आगामी फागुन २१ गतेको लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि मतदाता नामावली दर्ता प्रक्रियामा उत्साहजनक सहभागिता देखिएको निर्वाचन आयोगले जनाएको छ ।...

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा उच्च अदालत बुटवलमा आज पेसी तोकिएको छ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोश...

जिम्मेवारीबाट हटाइए रास्वपाका प्रदेश इन्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रदेश इन्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले आगामी निर्वाचन केन्द्रित गतिविधिको लागि इन्चार्जको भूमिकामा रहेका नेताहरूलाई जिम्मेवारीबा...

एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २७-२९ मा बस्ने

काठमाडौँ । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २७ देखि २९ गतेसम्म बस्ने भएको छ । काठमाडौँमा भएको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले बैठकको मिति प्रस्ताव गरेका हुन् । उनले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २७, २८ र २९ मा काठ...