कर्णालीमा प्राकृतिक विपद् बीमा विस्तार : अब जंगली जनावरदेखि नदीमा बगेर मृत्यु हुने घटना पनि समेटिने
कर्णाली प्रदेश सरकारले सञ्चालन गर्दै आएको प्राकृतिक विपद् बीमा कार्यक्रमलाई थप व्यापक बनाएको छ। अब देशको जुनसुकै स्थानमा प्राकृतिक विपद्का कारण मृत्यु भएका कर्णालीका स्थायी नागरिकले पनि यस योजनाबाट लाभ लिन सक्नेछन्। साथै, अन्य प्रदेशका स्थायी बासिन्दा भए पनि कर्णालीमा सरकारी, गैरसरकारी वा अन्य क्षेत्रमा कार्यरत नेपाली नागरिकलाई समेत बीमा कार्यक्रममा समावेश गरिएको छ।
यस योजनाअन्तर्गत
हिमपात, असिना, हिमपहिरो, हिमताल विस्फोटन, भूकम्प, बाढी, जलमग्न, पहिरो, जमिन धसिने, डुबान, हावाहुरी, आँधीबेहरी, शीतलहर, तातो हावाको लहर, चट्याङ, आगलागी तथा डढेलोजस्ता प्राकृतिक विपद्बाट हुने मृत्यु बीमाको दायरामा पर्नेछ।
यसपटकदेखि बीमाको
दायरा अझ विस्तार गर्दै जंगली जनावरको आक्रमण, भिरबाट लडेर मृत्यु, ढुंगा खसेर ज्यान गुमाउने घटना, साथै खोला वा नदीमा डुबेर वा बगेर मृत्यु हुने अवस्थालाई
पनि समेटिएको छ। यसअघि यी घटनाहरू स्पष्ट रूपमा समावेश थिएनन्।
बीमा दाबी
प्रक्रियालाई सहज र छिटो बनाउन बीमा कम्पनीले कर्णालीका सबै जिल्लामा प्रतिनिधि
खटाउनुपर्ने व्यवस्था गरिएको छ। ती प्रतिनिधिले घटनास्थलमै पुगेर आवश्यक कागजात
संकलन गर्ने जिम्मेवारी सम्हाल्नेछन्।
प्रदेश सरकारले
बीमा कार्यक्रमबारे जनचेतना फैलाउन विशेष जोड दिएको छ। त्यसका लागि बीमा कम्पनीले
प्रभावकारी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेछ भने प्रदेश सरकारले पनि
प्रचार–प्रसारलाई प्राथमिकता दिने जनाएको छ।
सम्झौताअनुसार
बीमा भुक्तानी प्रक्रिया सरल र प्रभावकारी बनाउन कम्पनी, कार्यालय तथा लाभग्राहीबीच समन्वय गर्ने संयन्त्र विकास
गरिनेछ। स्थानीय तहको सिफारिस तथा उपलब्ध कागजातलाई प्रमाणका रूपमा स्वीकार गरिने
व्यवस्था पनि गरिएको छ।
पूर्ण कागजात पेश
भएको मितिबाट बढीमा १५ दिनभित्र हकवालाको बैंक खातामा सिधै बीमा रकम जम्मा
गरिसक्नुपर्ने प्रावधान राखिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
२०५६ पछि पहिलोपटक निर्वाचन सुरक्षाको फ्रन्टलाइनमा सेना, अहिल्यैदेखि फिल्डमा निकालिँदै
काठमाडौँ । निर्वाचन लक्षित गरेको सरकारले यसपटक नेपाली सेनालाई सुरक्षा मोर्चाको अग्र भागमा सार्ने भएको छ । केन्द्रीय सुरक्षा समितिले तयार पारेको सुरक्षा कार्ययोजना अनुसार सेनाको कमाण्डमा तीन वटै सुरक्षा अंग परिचालन हुने...
ईश्वर पोखरेल प्यानलबाट महासचिवमा सुरेन्द्र पाण्डेको नाम तय
काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदैछ । त्यसका लागि अध्यक्षका दाबेदार रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महासचिव पदको टुंगो लगाएका छन् । पोखर...
आइजिपीलाई गृहमन्त्रीको फोन : सिराहा घटनाबारे निष्पक्ष अनुसन्धान गर्नू
काठमाडौँ । सिराहामा एक विपन्न परिवारमाथि भएको आक्रमणको घटना राजनीतिक दबाबमा सामसुम पार्न खोजिएको आरोपपछि गृहमन्त्री ओमप्रकाश अर्यालले चासो व्यक्त गरेका छन् । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई घटनाको निष्पक्ष जाँच...
शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउनु अहिलेको प्रमुख आवश्यकताः संयोजक दाहाल
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद...
एमालेको ११ औं महाधिवेशनः सचिव पदमा ओली प्यानलका सबै उम्मेदवार विजयी
काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनबाट सचिव पदमा केपी शर्मा ओलीको प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन् । बुधबार आएको अन्तिम मतपरिणाम अनुसार सचिव पदमा सबै जना उम्मेदवारहरू ओलीकै प्यानलकाले जितेका हुन् । जित्ने मध्ये पहिलो नम्बरमा महेश बस्...



