यसै वर्षबाट हेटौँडा कपडा र बुटवल धागो उद्योग पुनः सञ्चालन हुने
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले लामो समयदेखि रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा उद्योग र बुटवल धागो उद्योगलाई चालु आर्थिक वर्षभित्र पुनः सञ्चालनमा ल्याइने बताएकी छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको बजेट शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री कुमारीले कपडा तथा धागो उद्योगको पुनरुत्थानसँगै कपास खेतीको विस्तारलाई पनि समानान्तर रूपमा अघि बढाइने जानकारी दिइन्।
उनले हेटौँडा कपडा उद्योगलाई प्राथमिकताका साथ पुनः सञ्चालन गरिने उल्लेख गर्दै कपडा उत्पादन, धागो उद्योग र कपास खेतीबीचको आपूर्ति शृङ्खला सुदृढ बनाउन सरकार केन्द्रित रहेको बताइन्।
“रुग्ण उद्योगमध्ये हेटौँडा कपडा उद्योग सबैभन्दा पहिले सञ्चालनमा आउनेछ। कपडा र धागो उद्योगसँगै कपास खेतीलाई पनि अगाडि बढाउन आवश्यक छ। यी दुवै उद्योग यही वर्ष सञ्चालनमा ल्याइनेछन्,” मन्त्री कुमारीको भनाइ उद्धृत गर्दै उनले बताइन्।
मन्त्री कुमारीले पेट्रोलियम पदार्थमा इथानोल मिसावट गर्ने सरकारी योजना पनि कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको जानकारी दिँदै ऊर्जा क्षेत्रको आयात निर्भरता घटाउन यसले सहयोग पुर्याउने विश्वास व्यक्त गरिन्।
एक्सप्रेस
सम्बन्धित खबर
बिजुलीको बक्यौता राजनीतिक हस्तक्षेपमुक्त, असुलीमा अबरोध गर्नेहरू निस्तेज : मन्त्री घिसिङ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बिजुलीको बक्यौता असुली अब राजनीतिक हस्तक्षेपमुक्त भएको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत् घिसिङले विगतमा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण बक्यौता असुली...
राज्यका सबै संरचनामा अपांगता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छन् । अपांगता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज स्वद...
पार्टी एकताको निर्णय अनुमोदन गर्न माओवादीको बैठक बस्दै
काठमाडौँ । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ । भोलि हुन लागेको नौ वाम दलबीचको एकता अनुमोदनका लागि माओवादीले बैठक बोलाएको हो । बैठक दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्ने तय भएको माओवादी केन्...
आईजीपी खापुङको प्रश्न : गोली नचलाउँदा पनि प्रहरी दोषी, चलाए पनि बयान दिँदै हिँड्नुपर्ने ?
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक आईजीपी चन्द्रकुबेर खापुङले जेनजी आन्दोलनसम्बन्धी छानबिन आयोगले प्रहरीसँग बयान लिएकोप्रति आपत्ति जनाएका छन् । इमेज टेलिभिजनमा दिएको अन्तर्वार्ताका क्रममा आईजीपी खापुङले पानी समेत नपिएर ड्युटीमा खटिएको प्रहरीलाई...
सबै पक्षको सहकार्यबाटै मुलुकले निकास पाउँछ : सभामुख घिमिरे
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सबै पक्षको सहकार्यबाटै मुलुकले निकास पाउने बताएका छन् । आज शुभ दीपावलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना सन्देश दिँदै उ...
निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्नेको संख्या १५, अध्ययन गर्दै आयोग
काठमाडौँ । निर्वाचन आयोगले दल दर्ताका लागि आएका १५ दलको कागजात अध्ययन गरिरहेको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा हुनुअघि १० दल र घोषणापछि पाँच दलले आयोगमा दर्ताका लागि निवेदन दिएका थिए । आयोगका प...


