मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

लोकतान्त्रिक मूल्य र नीतिगत स्थिरतामा सरकार दृढ : प्रधानमन्त्री शाह

Main News Image
Mahir News add

प्रधानमन्त्री बालेन शाह ले लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक स्थिरता र नीतिगत निरन्तरताप्रति आफ्नो सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

मंगलबार नेपाल भ्रमणमा रहेको युरोपेली मुलुकहरूको उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटमा उनले नयाँ सरकार गठन भए पनि विगतका सकारात्मक नीतिहरूलाई निरन्तरता दिइने स्पष्ट पारे।

प्रधानमन्त्री शाहले “नयाँ नेतृत्वको अर्थ विगतबाट पूर्ण विच्छेद होइन” भन्दै नेपालको नीति स्पष्ट, स्थिर र पूर्वानुमानयोग्य हुने विश्वास व्यक्त गरे। उनले लोकतान्त्रिक प्रणालीको संरक्षणसँगै स्थायी राजनीतिक वातावरण निर्माणमा सरकार केन्द्रित रहेको बताए।

उनका अनुसार सरकारको मुख्य प्राथमिकता नागरिकको दैनिक जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउनु हो। वर्तमान समयको जिम्मेवारीप्रति सरकार पूर्ण रूपमा सचेत रहेको उल्लेख गर्दै उनले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि जनताबाट स्पष्ट जनादेश प्राप्त भएको बताए।

प्रधानमन्त्री शाहले लगानीमैत्री वातावरण निर्माण, नवप्रवर्तन प्रवर्द्धन र दिगो विकासमार्फत देशमा नयाँ अवसर सिर्जना गर्न सरकार सक्रिय रहेको जानकारी दिए। विश्व बजारसँग सहकार्य बढाउँदै वैदेशिक लगानी आकर्षित गर्न प्रशासनिक प्रक्रियालाई थप सहज बनाइने उनको भनाइ थियो।

विदेश नीतिबारे बोल्दै उनले नेपालले सन्तुलित र व्यावहारिक कूटनीतिक नीति अवलम्बन गरिरहने बताए। छिमेकी राष्ट्र, विकास साझेदार तथा मित्र राष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिमा आधारित रहने उनले स्पष्ट पारे।

प्रधानमन्त्री शाहले नेपालको विकासमा योगदान पुर्‍याउँदै आएका विकास साझेदारहरूप्रति आभार व्यक्त गर्दै व्यापार, हरित ऊर्जा, जलवायु परिवर्तन र पर्यटनलगायत क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको बताए।

विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै उनले शान्ति स्थापनाका लागि सैन्य टकरावभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

भेटका क्रममा काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपियन युनियन का राजदूतसहित अन्य कूटनीतिक प्रतिनिधिहरूले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा प्रशंसा गरेका थिए। उनीहरूले सुशासन र आर्थिक समृद्धिको एजेन्डासहित नयाँ सरकारको नेतृत्व सम्हालेकोमा प्रधानमन्त्री शाहलाई बधाई दिँदै नेपालसँग सहकार्य र लगानी विस्तार गर्न तयार रहेको बताएका थिए।

 

Mahir News add

सम्बन्धित खबर

कामु प्रधानन्यायाधीशको आदेशप्रति रास्वपा सांसदहरूको आपत्ति

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले सोमबार...

भदौ २३ का घटनाको जिम्मेवार केपी ओली : ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले भदौ २३ गतेको घटनाको मुख्य जिम्मेवार पार्टी अध्यक्ष केपी ओली नै भएको दाबी गरेका छन् । कार्की बैंक्वेटमा जारी आफ्नो प्यानलको धन्यवाद भेलालाई सम्बोधन गर्दै पोखरेलले भने, हामी विभाजन अस्वीकार गर्छौँ तर आत्म...

नयाँ पुस्ताको अपेक्षा अनुसार गतिशील बन्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्य प्रगति सन्तोषजनक नभएकाले अझै गति बढाएर काम गर्न निर्देशन दिएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र...

८ वामपन्थी दलबीच पार्टी एकता सहमति, कार्तिक १९ मा संयुक्त सम्मेलन हुने

काठमाडौँ । नेपालको प्रमुख वामपन्थी ८ दलहरूले पार्टी एकता गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरणमार्फत समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्ने उद्दे...

केशव बडालले पनि त्यागे एमालेको सक्रिय राजनीति

काठमाडौँ । नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीका कुनै पनि पदमा नबस्ने घोषणा गरेका छन् । आइतबार सुरु भएको एमालेको बन्दसत्रमा उनले महाधिवेशनबाट पार्टीको कुनै पनि पदमा नबस्ने निर्णय घोषणा गरेका हुन् । उन...

प्रतिनिधिसभा निर्वाचन : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेद्वारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ। प्रतिनिधिसभा सद...