लोकतान्त्रिक मूल्य र नीतिगत स्थिरतामा सरकार दृढ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेन शाह ले लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक स्थिरता र नीतिगत निरन्तरताप्रति आफ्नो सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
मंगलबार नेपाल
भ्रमणमा रहेको युरोपेली मुलुकहरूको उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटमा उनले
नयाँ सरकार गठन भए पनि विगतका सकारात्मक नीतिहरूलाई निरन्तरता दिइने स्पष्ट पारे।
प्रधानमन्त्री
शाहले “नयाँ नेतृत्वको अर्थ विगतबाट पूर्ण विच्छेद होइन” भन्दै नेपालको नीति
स्पष्ट, स्थिर र पूर्वानुमानयोग्य हुने विश्वास
व्यक्त गरे। उनले लोकतान्त्रिक प्रणालीको संरक्षणसँगै स्थायी राजनीतिक वातावरण
निर्माणमा सरकार केन्द्रित रहेको बताए।
उनका अनुसार
सरकारको मुख्य प्राथमिकता नागरिकको दैनिक जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउनु हो।
वर्तमान समयको जिम्मेवारीप्रति सरकार पूर्ण रूपमा सचेत रहेको उल्लेख गर्दै उनले
सुशासन र समावेशी आर्थिक समृद्धिका लागि जनताबाट स्पष्ट जनादेश प्राप्त भएको बताए।
प्रधानमन्त्री
शाहले लगानीमैत्री वातावरण निर्माण, नवप्रवर्तन प्रवर्द्धन र दिगो विकासमार्फत देशमा नयाँ अवसर सिर्जना गर्न सरकार
सक्रिय रहेको जानकारी दिए। विश्व बजारसँग सहकार्य बढाउँदै वैदेशिक लगानी आकर्षित
गर्न प्रशासनिक प्रक्रियालाई थप सहज बनाइने उनको भनाइ थियो।
विदेश नीतिबारे
बोल्दै उनले नेपालले सन्तुलित र व्यावहारिक कूटनीतिक नीति अवलम्बन गरिरहने बताए।
छिमेकी राष्ट्र, विकास साझेदार तथा मित्र राष्ट्रहरूसँगको
सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिमा आधारित
रहने उनले स्पष्ट पारे।
प्रधानमन्त्री
शाहले नेपालको विकासमा योगदान पुर्याउँदै आएका विकास साझेदारहरूप्रति आभार व्यक्त
गर्दै व्यापार, हरित ऊर्जा, जलवायु परिवर्तन र पर्यटनलगायत क्षेत्रमा सहकार्य विस्तार
गर्न नेपाल इच्छुक रहेको बताए।
विश्वका विभिन्न
क्षेत्रमा जारी द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै उनले शान्ति स्थापनाका लागि
सैन्य टकरावभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई
प्राथमिकता दिनुपर्ने धारणा राखे।
भेटका क्रममा
काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपियन युनियन का राजदूतसहित अन्य कूटनीतिक
प्रतिनिधिहरूले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा प्रशंसा गरेका
थिए। उनीहरूले सुशासन र आर्थिक समृद्धिको एजेन्डासहित नयाँ सरकारको नेतृत्व
सम्हालेकोमा प्रधानमन्त्री शाहलाई बधाई दिँदै नेपालसँग सहकार्य र लगानी विस्तार
गर्न तयार रहेको बताएका थिए।
एक्सप्रेस
सम्बन्धित खबर
प्रतिनिधिसभा निर्वाचन : प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । अनुमति पाएको सवारीसा...
प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना सम्बन्धी जाहेरी दर्ता
काठमाडौँ । राजदूत फिर्ता बोलाउने सरकारी निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश पालना नगरेको आरोपमा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतकी पूर्वप्रधानन्या...
नेपाली कम्युनिष्ट पार्टीको संयोजक प्रचण्ड, सहसंयोजक नेपाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी सहित १० दल एकता भएर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन्। एकता राष्ट्रि...
प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एमालेका नेता महेश बर्तौलाका अनुसार रिट निवेदनमा प्रतिनिसभा विघटन असंवैधानिक रहेको भन्दै पुनर्स्थापनाको माग गरिएको छ । &ls...
सभापति देउवा र नेता कोइरालाबीच भेट
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा शेखर कोइरालाले भेट गरेका छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको १५औँ महाधिवेशनको बारेमा छलफल भएको कोइरालाको स्वकीय सचिव दिनेशचन्द्र थपल...
जीतपछि ओलीको गर्जन, नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट पुन अध्यक्ष जीतेपछि केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिएका छन् । बिहीबार पार्टीको शपथग्रहण लगत्तै काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्त...



