ऐतिहासिक रेकर्डमा सुनको भाउ
काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा दुई हजार दुई सय रुपैयाँले बढेको हो ।
सुन यसअघि गत असोज ३१ मा दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि घटेको सुनको भाउ पछिल्ला दिनमा बढ्दै आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि गत शुक्रबार सुन प्रतितोला दुई लाख ५६ हजार छ सय रुपैयाँका कारोबार भएको थियो ।
यता, आइतबार असली चाँदीको भाउ भने घटेको छ । मूल्य घटेसँगै आइतबार प्रतितोला तीन हजार आठ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदी यसअघि गत शुक्रबार प्रतितोला तीन हजार नौ सय पाँच रुपैयाँ पुगेको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
प्युठानका स्थानीय तहमा ७ करोड ७३ लाखभन्दा बढी बेरुजु
एमालेमा हलचल, तर खुल्न डर
सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी
आज देशभरको मौसम मुख्यतया सफा रहने
काठमाडौ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ । आज राति देशभर...
पब्जी खेलेरै ‘किलर वाईटी’ ले परिवारलाई दिएको खुसी
अर्थमन्त्री अनुपस्थित हुँदा प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित
मंगलबार बसेको प्रतिनिधिसभा बैठक अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित...


