मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

पृथ्वीचोकमा महानगरको एक्सन : अतिक्रमित भवनमा डोजर, व्यवसायीले सटर खाली गरे

Main News Image
Mahir News add

पोखरा महानगरपालिकाले पृथ्वीचोक क्षेत्रमा रहेका अतिक्रमित संरचनामाथि डोजर चलाएको छ। बिहीबार महानगरले सहारा क्लब, सामुदायिक सेवा केन्द्र, जिफन्ट तथा ट्रेड युनियन कांग्रेसलगायत विभिन्न संघसंस्थाका भवन भत्काउन सुरु गरेको हो।

पृथ्वीचोकको मूल सडक हुँदै हङकङ बजारबाट नयाँबजार निस्कने सडक आसपासका अवैध संरचना हटाउने निर्णयपछि व्यवसायीहरूले धमाधम सटर खाली गरेका थिए। महानगरका अनुसार पोखरा बसपार्क निर्माणका लागि २०३२ सालमै अधिग्रहण गरिएको सरकारी जग्गा विभिन्न व्यक्ति तथा संस्थाले अतिक्रमण गरेपछि हटाउने अभियान अघि बढाइएको हो।

पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको अर्बौं मूल्य बराबरको सार्वजनिक जग्गा वर्षौंदेखि राजनीतिक दल, भातृ संगठन, व्यापारिक समूह र सुकुम्बासीद्वारा अतिक्रमणमा परेको बताइएको छ। यसअघि समितिले ३५ दिने सूचना जारी गर्दै अनुमति बिना बनाइएका सबै संरचना आफैं हटाउन निर्देशन दिएको थियो।

पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीका अनुसार सूचनापछि केही संरचना खाली गरिए पनि बाँकी हटाउन डोजर प्रयोग गरिएको हो। महानगरपालिकाले आगामी दिनमा पनि विभिन्न वडामा रहेका अवैध तथा अव्यवस्थित संरचनामाथि क्रमशः कारबाही जारी रहने जनाएको छ।

 

Mahir News add

सम्बन्धित खबर

ओरालो लागेकाहरुको एकतामा निकास छैन : घनश्याम भुसाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले ओरालो लागेकाहरूको एकताले निकास दिन नसक्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कमजोर र ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्...

गृहमन्त्री अर्यालद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा सहभागी आन्दोलनकारीहरुले राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड आगजनी गरेका थिए...

सुकुम्बासी वस्तीमा दुर्गा प्रसाईंले भने– तपाईंको घर भत्काउन आए बालेनको घर भत्काउन जानूस्

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंले काठमाडौंका मेयर बालेन्द्र शाह बालेनलाई सुकुम्बासीको घर भत्काउन आए उनकै घर भत्काइदिने चेतावनी दिएका छन् । मंसिर ७ गते आन्दोलनको घोषणा गरेका मातृभूमि बचाउ अभियानका प्रमुख दुर्गा प्रसा...

तिहार सुरु भएसँगै बजारमा बढ्यो चहलपहल

काठमाडौँ । नेपालीहरुको दोस्रो महान चाड तिहार सुरु भएसँगै बजारमा तिहारको लागि किनमेल गर्नेहरुको भिड बढेको छ । आज धनतेरसको दिन विशेष गरी दीपावलीको किनमेलको लागि निक्कै उत्तम मानिन्छ । आजको दिन खरिद गरेका सामग्रीहरू राखेर...

सिंहदरबारका अस्थायी चमेना गृह हटाइँदै

काठमाडौं । सिंहदरबार परिसरभित्र अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृह हटाउने प्रक्रिया सुरु गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलपछि संघीय सचिव...

विद्यालयमा आर्थिक अनियमितताको आरोप, अभिभावकद्वारा छानबिनको माग

मोरङ, रमाइलो — मोरङ जिल्लाको रमाइलोस्थित श्री जनसेवा माध्यमिक व...