मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

तनहुँमा वन्यजन्तु–मानव द्वन्द्व : नौ वर्षमा १७ बालबालिकाको ज्यान गयाे

Main News Image
Mahir News add

तनहुँ जिल्लामा पछिल्लो नौ वर्षको अवधिमा वन्यजन्तुको आक्रमणबाट १७ जना बालबालिकाले ज्यान गुमाएका छन्। डिभिजन वन कार्यालयका अनुसार विसं २०७४ देखि २०८२ सम्म मानव–वन्यजन्तु द्वन्द्वका ३८ घटना भएका छन्, जसमा २१ जना स्थानीयवासी घाइते भएका छन्।

वन कार्यालयका सूचना अधिकारी तथा वन अधिकृत राजकुमार श्रेष्ठका अनुसार सबैभन्दा बढी मानवीय क्षति बन्दीपुर गाउँपालिकामा भएको छ। त्यहाँ भएका ११ घटनामध्ये सात जना बालबालिकाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

भानु नगरपालिकामा १४ वटा घटना हुँदा पाँच जनाको मृत्यु र नौ जना घाइते भएका छन्। व्यास नगरपालिकामा छ वटा घटनामा दुई जनाको मृत्यु र चार जना घाइते भएका छन्। त्यसैगरी शुक्लागण्डकी नगरपालिकामा तीन घटनामा दुई जनाको मृत्यु तथा एक जना घाइते भएका छन् भने आँबुखैरेनी गाउँपालिकाका तीन घटनामा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन्। म्याग्दे गाउँपालिकामा भएको एक घटनामा एक जना घाइते भएका थिए।

वन कार्यालयका अनुसार अधिकांश घटना चितुवाको आक्रमणसँग सम्बन्धित छन्। विशेषगरी बालबालिका चितुवाको सिकार बनेका छन्। भालु र बाँदरको आक्रमणबाट हुने घटना भने तुलनात्मक रूपमा कम रहेको जनाइएको छ।

राहत पाउन ३५ दिनभित्र निवेदन आवश्यक

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०८० अनुसार हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जङ्गली कुकुर, जङ्गली बँदेल, अर्ना, मगर गोही, अजिङ्गर तथा गौरीगाईबाट क्षति पुगेमा पीडित वा हकवालाले ३५ दिनभित्र सम्बन्धित निकायमा निवेदन दिनुपर्ने व्यवस्था छ।

निर्देशिकाअनुसार सामान्य घाइतेलाई अधिकतम २० हजार रुपैयाँसम्म उपचार खर्च उपलब्ध गराइन्छ। सख्त घाइतेको हकमा दुई लाख रुपैयाँसम्म राहत दिने व्यवस्था छ। यदि उपचार खर्च सोभन्दा बढी लागेमा सरकारी अस्पतालमा उपचार गराई सम्बन्धित अस्पतालको सिफारिसका आधारमा सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने प्रावधान रहेको डिभिजन वन कार्यालय प्रमुख मनोज रानाभाटले बताए।

यस्तै, वन्यजन्तुको आक्रमणबाट अङ्गभङ्ग भई जीवनभर गम्भीर शारीरिक अशक्तता हुने व्यक्तिलाई जीविकोपार्जनका लागि एकमुष्ट पाँच लाख रुपैयाँ राहत उपलब्ध गराइन्छ। मृत्यु भएमा मृतकका आश्रित परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गरिने व्यवस्था छ।

गम्भीर घाइते भई उपचाररत व्यक्तिको अस्पतालबाट डिस्चार्ज भएपछि सोही कारणले ३५ दिनभित्र मृत्यु भएमा वा उपचारकै क्रममा अस्पतालमा मृत्यु भएमा उपचार खर्चसँगै मृतकका नजिकका हकवालालाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने प्रावधान छ।

डिभिजन वन कार्यालयका अनुसार चालु आर्थिक वर्षमा भने तनहुँमा मानव–वन्यजन्तु द्वन्द्वका कारण कुनै मानवीय क्षतिको घटना दर्ता भएको छैन।

सम्बन्धित खबर

जनकपुरको जिरोमाइल फलफूल मण्डी विवादः व्यवसायीको दुई महिनाको मोहलत माग, जग्गाधनीको तत्काल खाली गराउने अडान

जनकपुरधामको जिरोमाइलस्थित फलफूल मण्डीका व्यवसायीहरू बजार खाली गराउने प्रक्रियाविरुद्ध धर्नामा बसेका छन्। आँपको सिजन सुरु भइसकेको अवस्थामा वैकल्पिक व्यवस्थाबिनै तत्काल स्थान छाड्न दबाब दिइएको भन्दै उनीहर...

कञ्चनपुरमा विपद् पूर्वतयारी: महाकाली नदीमा सेनाद्वारा ‘अभ्यास मनसुन–६’ सम्पन्न

दुर्गा प्रसाईंको दाबी __ फागुन २१ मा निर्वाचन हुँदैन

काठमाडौँ । विवादित व्यवसायी दुर्गा प्रसाईंले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन नहुने दाबी गरे । शनिवार एक कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारमा रहेकाहरूको पनि भ्रष्टाचारी जात एउटै रहेको टिप्पणी...

लेखकको गृहजिल्ला कञ्चनपुर कांग्रेसले बोलायो बैठक

१४ चैत, काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको छ । पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउको विषयमा छलफल गर्न कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको हो ।

जिल्ला सचिव भीम भट्टले शनिबार दिउँसो साढे ३ बजेका लागि आकस्मिक...

सिंहदरबारका अस्थायी चमेना गृह हटाइँदै

काठमाडौं । सिंहदरबार परिसरभित्र अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृह हटाउने प्रक्रिया सुरु गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलपछि संघीय सचिव...

विषादी मिसिएको पानीले कुलेखानीमा घट्यो माछा उत्पादन

हेटौंडा । मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय ९इन्द्रसरोवर० मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ । मत्स्यविकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार ताल वरपरका गाउँमा हुने व्यावसायिक तरकारीखेतीमा प्रयोग गर...